सोमबार, भदौ ८, २०८३

म्याग्दीमा पहिरोले पुरिएर हजुरआमा नातिनीको मृत्यु

वर्षासँगै आएको पहिरोमा पुरिएर म्याग्दीमा २ जनाको मृत्यु भएको छ ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

पोखरा- वर्षासँगै आएको पहिरोमा पुरिएर म्याग्दीमा २ जनाको मृत्यु भएको छ ।

रघुगंगा गाउँपालिका–६ कोटगाउँ गएको पहिरोमा पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र उनकी ४ वर्षीया नातिनी सिम्रन छन्त्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मंगलबार राति ११ बजेतिर उनिहरु सुतिरहेको गोठ लेदो सहितको पहिरोले पुरिएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

राति सुतिरहेको अवस्थामा वर्षापछि माथिबाट आएको पहिरोले दलप्रसाद शेरपुञ्जाको श्रीमती र उनको ४ वर्षीया नातिनीको मृत्यु भएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए ।

पहिरोले पुरिरिएर ढु‌ंगा माटोले बनेको जस्ताको छानो भएको कच्चि गोठमा रहेका अन्नपात, भाडाबर्तन लगायत सबै नष्ट भएको छ । पशु चौपायको भने क्षति नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित: Jun 10, 2020| 10:43 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।