सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भर्ना भएका बिरामीलाई कोरोना पुष्टि भएपछि कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

भर्ना भएका बिरामीलाई कोरोना पुष्टि भएपछि कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णालीको आकस्मिक कक्ष सिल गरिएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

सुर्खेत- सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णालीको आकस्मिक कक्ष सिल गरिएको छ। अस्पतालमा भर्ना भएका एक बिरामीलाई कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा. केएन पौडेलले जानकारी दिए।

त्यस्तै, उनको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ।

‘सर्पले डसेका बिरामी अस्पताल भर्ना भएका थिए, उनको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ आएपछि आकस्मिक कक्ष सिल गरेका छौं।’ डाक्टर पौडेलले भने, ‘आकस्मिक कक्षका अन्य बिरामी र स्वास्थ्यकर्मी त्रसित छन्, बिरामीको उपचारमा खटिएका ५ जना स्वास्थ्यकर्मी आइसोलेसनमा बस्नुभएको छ।’

क्वारेन्टिनबाट बिरामी आएकाले गएराति नै पीसीआर परीक्षण गरिएको थियो।

‘क्वारेन्टिनमा बसेका व्यक्तिलाई सर्पले डसेको खबरपछि उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरेका थियौं,’ कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्यशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले भने, ‘अस्पताल भर्ना भएका बिरामीमा कोरोना पुष्टि भएको छ, उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण हुन्छ।’

यता बराहताल गाउँपालिका–४ को भेरी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ५० वर्षीय पुरुषलाई सर्पले डसेको थियो।

‘हिजो साँझतिर क्वारेन्टिनमा बसेका पुरुषलाई सर्पले टोकेपछि अस्पताल पुर्‍याएका थियौं, चेक गर्दा कोरोना देखिएछ।’ बराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले भने, ‘क्वारेन्टिन त राम्रो थियो, कसरी सर्प आएछ ? थाहा भएन।’

प्रकाशित: Jun 10, 2020| 09:55 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।