सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन खुकुलो भएसँगै भारतमा कोरोना झनै फैलियो, एकै दिनमा १० हजारभन्दा बढी संक्रमित

लकडाउन खुकुलो भएसँगै भारतमा कोरोना झनै फैलियो, एकै दिनमा १० हजारभन्दा बढी संक्रमित

तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकैदिनमा १० हजार २ सय १८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ सय ७७ जनाले ज्यान गुमाएका छन् ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

काठमाडौं– तिब्र गतिमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकैदिनमा १० हजार २ सय १८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट २ सय ७७ जनाले ज्यान गुमाएका छन् ।

भारतमा एकै दिनमा १० हजार व्यक्ति संक्रमित भएको यो तेस्रो पटक हो । यसअघि जेठ २५ गते आइतबार १० हजार ८ सय ६४ जना संक्रमित भएका थिए भने जेठ २४ गते शनिबार १० हजार ४ सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो ।

लकडाउन खुकुलो बनाएसँगै भारतमा संक्रमण तिब्र गतिमा फैलिएको छ । बजार, पसल, उद्योगधन्दा र यातायातका साधन चल्न थालेपछि दिनहुँ ८ देखि १० हजार व्यक्तिमा संक्रमण पुष्टि हुँदै आएको छ ।

अहिलेसम्म २ लाख ७६ हजार १ सय ४६ जना संक्रमित भएका छन् भने ७ हजार ७ सय ५० जनाको मृत्यु भएको छ । १ लाख ३४ हजार ६ सय ७० जना निको भएर घर फर्किएका छन् ।

भारतमा सबैभन्दा बढि कोरोनाबाट महाराष्ट्र राज्य प्रभावित भएको छ । जहाँ ९० हजार ७ सय ८७ संक्रमित भएका छन् भने ३ हजार २ सय ८९ जनाको मृत्यु भएको छ ।

दोस्रो प्रभावित तमिलनाडुमा ३४ हजार ९ सय १४ जना संक्रमित भएका छन् भने ३ सय ७ जनाको मृत्यु भएको छ ।

दिल्लीमा २९ हजार ९ सय ४३ जनामा संक्रमण पुष्टि हुँदा ८ सय ७४ जनाको मृत्यु भएको छ । गुजरातमा २१ हजार ४४ जना संक्रमित हुँदा १ हजार ३ सय १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 10, 2020| 08:10 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।