सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देही घटनाको अनुसन्धान तीन कोणबाट गर्दै प्रदेश प्रहरी

रुपन्देही घटनाको अनुसन्धान तीन कोणबाट गर्दै प्रदेश प्रहरी

प्रदेश प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धानका लागि एसएसपी राजकुमार बैदवारको नेतृत्वमा टोली खटाएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

सोमबार राति रुपन्देहीमा भएको सामूहिक हत्या प्रकरणलाई प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रदेश प्रहरी कार्यालय दाङले घटनाको अनुसन्धानका लागि एसएसपी राजकुमार बैदवारको नेतृत्वमा टोली खटाएको छ।

टोलीले घटनालाई तीन कोणबाट अनुसन्धान गरिरहेको एसएसपी बैदवारले बताए । उनले भने, ‘हामी घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेका छौं । व्यक्तिगत रिसईबी, आर्थिक कारण र अनैतिक सम्बन्धजस्ता विषयमा केन्द्रित भएर प्रारम्भिक अनुसन्धान थालेका छौं ।’ एसएसपी बैदवारले अहिलेसम्म चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि बताए ।

तिलोत्तमा नगरपालिका–१० कान्छी बजारस्थित कृष्णबहादुर पुनमगरको गंगादेवी पशु फार्ममा राति करिब एक बजे उक्त घटना भएको थियो। सोही फार्ममा काम गर्ने सुर्खेत घर भएका ३२ वर्षीय झसेन्द्र सिंजालीले अपराध स्वीकारेको प्रहरीले बताएको छ।

लागु औषध सेवन गरेका सिंजालीले सोही फार्ममा काम गर्ने रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियाका ३८ वर्षीय माधव मुसहर, उनकी श्रीमती ३८ वर्षीया जानकी मुसहर, तिलोत्तमा नगरपालिका–१० मैनहवाका १४ वषीय किशोर पोखराज मुसहर, १७ वर्षीय करण चौधरी र १७ वर्षकै आशिष थारुको हत्या गरेको बयान सिंजालीले दिएको प्रहरीले बताएको छ।

करण र आशिष पोखराजका साथी हुन् । उनीहरु पोखराजसँगै सुत्न त्यहाँ गएका थिए भने अन्य मृतक सोही फार्मका कामदार हुन् ।

घटना राति एक बजे भए पनि प्रहरीलाई खबर बिहान उज्यालो भएपछि पुगेको थियो । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट डिएसपी प्रतितसिंह राठौरको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले लागु औषध सेवन गरी बेहोस अवस्थामा सिंजालीलाई फेला पारेको थियो। उनको अहिले क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ। पाँच वटा शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ ।

सुर्खेतका कृष्णबहादुर पुनमगरले शुरुमा तिलोत्तमा नगरपालिका–१० मा कुखुरा फार्म खोलेका थिए । पछि गंगादेवी पशु फार्म सञ्चालन गरेका उनले काम गर्ने कामदारको रुपमा जिल्लाबासी झसेन्द्रबहादुर सिंजालीलाई राखेका थिए।

मृतक पनि सोही फार्ममा काम गर्थे। घटना भएको राति फार्ममा सिंजालीसहित ८ जना थिए । ७ वर्षको एक बालक र एक युवती एउटा कोठामा सुतेका थिए भने सिंजाली अलग कोठामा । त्यसैगरी अन्य पाँच जना भने एउटै कोठामा सुतेका थिए ।

 

 

प्रकाशित: Jun 10, 2020| 07:01 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।