सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लकडाउनको मोडालिटीबारे आज निर्णय हुने, मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीको सम्बोधन

लकडाउनको मोडालिटीबारे आज निर्णय हुने, मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्रीको सम्बोधन

सरकारले लकडाउनको स्वरुप परिवर्तन (मोडालिटी) बारे आज औपचारिक निर्णय गर्ने भएको छ । बैठकले पाँच चरणमा लकडाउन खोल्ने योजनासहितको कार्यनीति पारित गर्ने भएकाे छ ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

काठमाडौं– सरकारले गएको चैत ११ गतेदेखि जारी बन्दाबन्दी (लकडाउन)को स्वरुप परिवर्तनबारे आज औपचारिक निर्णय गर्ने भएको छ ।

दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले असार १ गतेबाट क्रमशः लकडाउन खुकुलो बनाउँदै खोल्ने विषयमा निर्णय गर्न लागेको हो ।

लकडाउन खोल्ने विषयमा उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रस्ताव पेश गर्नेछन् ।

समितिले पाँच चरणमा लकडाउन खोल्ने योजनासहितको कार्यनीति तयार पारेको छ । साढे २ महिनामा लकडाउन पूर्ण रुपमा खोल्ने गरी पाँच चरण अर्थात् दस हप्ते योजना तयार पारेको समिति सदस्य समेत रहेका स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपाल समयलाई जानकारी दिए ।

उक्त योजना अनुसार असार १ बाट कृषिसँग जोडिएका क्षेत्र, पसल, उद्योग, हवाई यातायात आशिंक रुपमा चल्न दिइने भएको छ । विद्यालय, सार्वजनिक यातायात, मनोरञ्जनका क्षेत्र, खेलकुदका गतिविधि भने अबको एक महिनापछि मात्रै चल्ने कार्यनीतिमा उल्लेख छ ।

सर्वसाधारण र व्यवसायीले स्वस्फूर्त रुपमा लकडाउन तोड्न थालेपछि सरकार बाध्य भएर लकडाउन खुकुलो बनाउने मनस्थितिमा पुगेको हो । केही दिनयता काठमाडौंलगायत देशका विभिन्न स्थानमा व्यापारी र प्रहरीबीच पसल खोल्ने विषयमा विवाद हुँदै आएको छ ।

सरकारले अहिलेसम्म आठ पटक लकडाउनको अवधि थपेर जेठ ३२ गतेसम्म लकडाउन लम्व्याएको छ। नेपालमा चैत ११ गतेबाट लकडाउन सुरु भएको हो ।

प्रधानमन्त्रीको सम्बोधन
मन्त्रिपरिषद्को बैठकले लकडाउनबारे निर्णय गर्नुअघि आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

लकडाउनको नयाँ स्वरूप (मोडालिटी) बारे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

लकडाउनको मोडालिटी तय गर्न प्रधानमन्त्री ओलीले अघिल्लो हप्ता विज्ञहरुसँग छलफल गरेका थिए।

प्रकाशित: Jun 10, 2020| 06:47 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।