सोमबार, भदौ ८, २०८३

पैसा उठाएर पीसीआर मेसिन खरिद गर्दै वीरगन्ज महानगर

कोरोना परीक्षण गर्ने पिसिआर मेशिन खरिद प्रक्रियाका लागि वीरगन्ज महानगरपालिकाले आह्वान गरेको बोलपत्र मंगलबारसम्म पाँच थान बिक्री भएको छ ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

कोरोना परीक्षण गर्ने पिसिआर मेशिन खरिद प्रक्रियाका लागि वीरगन्ज महानगरपालिकाले आह्वान गरेको बोलपत्र मंगलबारसम्म पाँच थान बिक्री भएको छ ।

वीरगन्जमा कोरोना संक्रमतिहरुको संख्या बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणको लागि बृहत परिक्षण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै मेशिन खरिदको लागि ५ दिने बोलपत्र प्रकाशन गरेको थियो ।

संघ तथा प्रदेश सरकारबाट मेशिन खरिदको लागि कुनै किसिमको आशा नदेखेपछि वीरगन्ज महानगरपालिकाले यहाँकै नागरिकहरुको सहयोगमा मेशिन खरिद गर्ने अठोट लिएर सहयोगको लागि आह्वान गरेको थियो ।

पिसीआर मेशिन तथा किट खरिदका लागि महानगर प्रमुख बिजय कुमार सरावगीले आम नगरवासी, पर्साका स्थानीय सरकार र पर्सावासीलाई आर्थिक सहयोगको लागि अपिल गरेका थिए ।

विभिन्न दाताहरुबाट सहयोग प्राप्त हुन थालेपछि महानगरपालिकाले गत शुक्रबार पिसिआर मेशिन खरिद सम्बन्धी पाँच दिने बोलपत्र प्रकाशन गरेको थियो । पिसीआर मेशिन तथा किट खरिदको मनसाय राखेर पाँचवटा कम्पनीले बोलपत्र खरिद गरेका छन् । सार्वजनिक खरिद ऐनले निर्दिष्ट गरे अनुसार पिसीआर मेशिन खरिद प्रक्रियाबाट अगाडि बढेको वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

मंगलवार नै वीरगन्जका उद्योगी ब्यवसायीले पिसीआर मेशिन खरिदका लागि आर्थिक सहयोग समेत गरेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ, उद्योगपति बिरेन्द्र संघाइले २० लाख, बाबुलाल चाचानले १० लाख, अनिल रुँगटाले ५ लाख, राजेश अग्रवालले ६ लाख, आत्मराम काबराले ५ लाख, मुरलीधर रुँगटाले ५ लाख, अशोक बैदले २ लाख, सत्यनारायण क्यालले २ लाख, हिरालाल केडियाले ५ लाख, चीरन्जीवी लाल सरावगीले १ लाख सहयोग गरेका थिए ।

प्रकाशित: Jun 10, 2020| 06:24 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।