सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस सांसद भन्छन्, अतिक्रमित भूमिबाट विदेशी सेना हटाउने संकल्प गरौं

कांग्रेस सांसद भन्छन्, अतिक्रमित भूमिबाट विदेशी सेना हटाउने संकल्प गरौं

कांग्रेस सांसदहरूले मिचिएकाे नेपाली भूमिबाट विदेशी सेना हटाउन संकल्प प्रस्ताव गर्न आग्रह गरेका छन्।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- कांग्रेस सांसदहरूले मिचिएकाे नेपाली भूमिबाट विदेशी सेना हटाउन संकल्प प्रस्ताव गर्न आग्रह गरेका छन्। संसदमा मंगलबार संविधान संशाेधन विधेयकमाथि छलफलमा भाग लिँदै उनीहरूले नक्सा पारितसँगै सबै मिलेर मिचिएको नेपाली भूमिबाट विदेशी सेना हटाउने संकल्प गर्न आग्रह गरेका हुन्।

कांग्रेसका गगन थापाले भने, 'यो भूमिबाट विदेशी सेना पछि हटाएर छाड्छौं भन्ने संकल्प गरौं र सरकारलाई हाम्रो पूर्ण साथ रहनेछ। सरकार खुट्टा नकमाऊ। गफ मात्र होइन, काम पनि गर। संसदप्रति जबाफदेही होऊ।' उनले उत्तेजना र आवेग नभई साहस र संयम चाहिएको बताए।

कांग्रेसका सचेतक पुष्पा भुसालले नक्शाका विषयमा ल्याइएको संशोधनमा सहमति हुने उल्लेख गर्दै मिचिएको भूमि भारतसँग कूटनीतिक वार्ता गरी फिर्ता ल्याउनुपर्ने बताइन्।

कांग्रेसकै डा मीनेन्द्रप्रसाद रिजालले नयाँ नक्सा पारितसँगै अतिक्रमित भूमि फिर्ता ल्याउने काममा कसैलाई देवत्वकरण नगर्न र कसैलाई लाञ्छना नलगाउन आग्रह गरे।

डिला सङ्ग्रौलाले आफ्नो दल नयाँ नक्शासहितको संशोधनका पक्षमा मतदान गर्न आतुर रहेको बताइन्।

सोही दलका मानबहादुर विश्वकर्माले राष्ट्रियताको निर्णय गर्दा संस्थागत गर्ने प्रक्रियानुसार सीमाका विषयमा पनि पार्टीले यही जेठ १७ गते संस्थागत निर्णय गरिसकेको बताए।

सुजाता परियारले भूमि फिर्ता ल्याउन सरकारले ढिला गर्न नहुनेमा जोड दिइन्। कांग्रेसका देवप्रसाद तिमिल्सिनाले यथाशीघ्र सदनबाट पारित गराएर कुन तरिकाले भूमिको स्वामित्व छिटो ल्याउन सकिन्छ त्यसतर्फ लाग्न सरकारलाई आग्रह गरे।

प्रकाशित: Jun 09, 2020| 18:15 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।