सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३७७ पुग्यो

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३७७ पुग्यो

प्रदेश २ मा ५४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

जनकपुरधाम – प्रदेश २ मा ५४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेश २ मा ५४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मंगलबार सबैभन्दा बढी धनुषामा २१ जनामा संक्रमण पुष्टि भएको छ। धनुषाको मुखियापट्टी मुसहरनियास्थित क्वारेन्टिनका ११ र जनकनन्दनी गाउँपालिकाका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यसैगरी महोत्तरीको बर्दिवास नगरपालिकामा ११ र एकडारा गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेकाहरु हुन्।

पछिल्लो २४ घण्टामा सप्तरीमा १३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरु सप्तरीको छिन्नमस्ता र राजविराज नगरपालिकास्थित क्वारेन्टिनमा रहेकाहरु हुन्।

सर्लाहीको कोडौना गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका एकजनामा संक्रमण पुष्टि भएको जनाइएको छ। संक्रमण भएर उपचारपश्चात प्रदेश २ मा २६३ जना निको भएर घर फर्किसकेका छन्।

कुन जिल्लामा कति?                   

जिल्ला पोजेटिभ             नतिजा आउन बाँकी
सप्तरी  १०५ ४२०
सिरहा ४९ ६३८
धनुषा १२२ ७६६
महोत्तरी १२३ १२४२
सर्लाही ३७१ २६०६
रौतहट ४०८ ७२७४
         बारा            ७७ ९७५
पर्सा ११९ ६२४

 

 

प्रकाशित: Jun 09, 2020| 17:36 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।