सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने सचिवसहित ११ विरुद्ध मुद्दा

नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने सचिवसहित ११ विरुद्ध मुद्दा

झापामा नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने तत्कालीन एक गाविस सचिवसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- झापामा नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाइदिने तत्कालीन एक गाविस सचिवसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

मोरङमा पहिले नै मृत्यु दर्ता गरिसकेका एक जनाको पुनः झापामा मृत्यु दर्ता र बसाइँ सराइ प्रमाणपत्र बनाइदिने तत्कालीन कोहबरा गाविस सचिव रामप्रसाद न्यौपानेसहित ११ जनाविरुद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार मोरङ लेटाङ्ग गाविस–२ का हरिप्रसाद चम्लागाईको मृत्यु पश्चात लेटाङ्गमै मृत्यु दर्ता गराएकोमा पछि जेठी पत्नीले रेनुका चम्लागाईले झापामा गएर मृत्यु दर्ता गराएको खुलेको छ।

सचिव न्यौपानेसँग मिलेर नक्कली मृत्यु दर्ता र बसाइँ सराइ बनाई रेनुकाले पतिको नाममा दमक नगरपालिका–१ मा रहेको एक कट्ठा जग्गा एकलौटी रुपमा आफ्नो नाममा नामसारी गरेको अख्तियारले जनाएको छ।

अख्तियारले रेनुविरुद्धसमेत मुद्दा दायर गरेको छ। यस्तै दमक नगरपालिकाका तत्कालीन वडासचिव मोहनप्रसाद ओलीले सर्जमिन मुचुल्का गर्न फिल्डमा नगई कार्यालयमै बसेर रोहबरमा हस्ताक्षर गरेको खुलेको भन्दै अख्तियारले उनीविरुद्धसमेत मुद्दा दायर गरेको छ।

सोही अभियोगमा दमक नगरपालिकाका तत्कालीन कार्यालय सहयोगी दलबहादुर खत्री, सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक नगरपालिका–१ का महानन्द सापकोटा, राजेन्द्र भनिने गिरिराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रमेश भन्ने रोमनाथ दाहाल, लक्ष्मीप्रसाद वस्ताकोटी, टंकप्रसाद बजगाई, बालकृष्ण न्यौपानेसमेतलाई विपक्षी बनाएको छ।

 

प्रकाशित: Jun 09, 2020| 17:45 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।