सोमबार, भदौ ८, २०८३

अमिनको स्रोत नखुलेको सम्पत्ति साढे पाँच करोड

नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

जागिर अवधिमा करिव साढे पाँच करोड रुपैयाँ अवैध आर्जन गरेको भन्दै अख्तियारले काफ्लेविरुद्ध मंगलबार विषेश अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार काफ्लेले करिब २२ वर्षको अवधिमा पाँच करोड ४३ लाख २७ हजार रुपैयाँ अवैध आर्जन गरेको अनुसन्धानबाट खुलेको छ।

काफ्लेले गैरकानुनी रुपमा आर्जन गरेको रकमले भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र पत्नी सुशिलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको अख्तियारले जनाएको छ।

जग्गा रजिष्ट्रेशन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्यून रकम देखाई जग्गाधनीहरुलाई वास्तविक कारोबारको रकम भुक्तानी दिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

२०५४ पुस १ गतेबाट जागिर सुरु गरेका काफ्लेको २०७६ बैशाख ३० गते सम्म बैध आम्दानी एक करोड ७४ लाख १४ हजार रहेको अख्तियारले जनाएको छ।

पति पत्नीका नामा राखेको चलअचल सम्पत्ति तथा सोबाट बढे बढाएको सम्पत्ति कानून बमोजिम हुन आउने व्याजसमेत आरोपीको नाममा रहेको जग्गा जमिन तथा बैंक मौज्दातबाट असुल उपर गरी जफत गर्न मागदाबी लिएको अख्तियारले जनाएको छ।

प्रकाशित: Jun 09, 2020| 17:15 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।