सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान संशोधन विधेयकमाथि छलफल सुरु, कांग्रेसकाे दृढ समर्थन

संविधान संशोधन विधेयकमाथि छलफल सुरु, कांग्रेसकाे दृढ समर्थन

प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि छलफल सुरु भएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि सैद्धान्तिक  छलफल सुरु भएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुनमन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन्। त्यसपछि उक्त विधेयकमाथि सांसदहरुले बोल्ने क्रम सुरु भएको छ।

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद बालकृष्ण खाणले  विधेयकका पक्षमा मतदान गर्न कांग्रेस केन्द्रीय समितिले संस्थागत निर्णय गरेकाे जानकारी गराए। उनले भने, 'नक्सालाइ संविधानकाे अनुसूचि अनुकूलन गर्नका लागि ल्याइएकाे विधेय सकारात्मक छ । यसकाे पक्षमा नेपाली कांग्रेसकाे दृढ समर्थन छ।'

नेपालको निशान छापमा अध्यावधिक नेपालको नक्सा समेट्नका लागि संविधान संशोधन विधेयक दर्ता भएको थियो। छलफलमा सांसदहरु कृष्णभक्त पोखरेल, राजेन्द्र श्रेष्ठलगायतले भाग लिएका छन्। 

प्रकाशित: Jun 09, 2020| 16:35 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।