सोमबार, भदौ ८, २०८३

३२३ संक्रमित थपिए, कुल संख्या ४,०८५ पुग्यो

आज (मंगलबार) नेपालमा कोरोना भाइरसका ३२३ जना संक्रमित थपिएका छन्।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

आज (मंगलबार) नेपालमा कोरोना भाइरसका ३२३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ३२३ जनामा कोरोना पुष्टि भएको हो। यीमध्ये २९२ जना पुरुष र ३१ जना महिला छन्।

योसँगै कोरोना संक्रमितको कुल संख्या ४ हजार ८५ पुगेको छ। यीमध्ये २८७ जना महिला छन् भने बाँकी पुरुष। हालसम्म १५ जनाको मृत्यु भएको छ भने ५८४ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म देशभर पीसीआर विधिबाट १ लाख ६ हजार ३३१ जनाको कोरोना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ६६ हजार १५८ जनाको परीक्षण भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा १ लाख ६५ हजार ७७५ जना छन्। त्यसैगरी विभिन्न अस्पतालका आइसोलेसनमा ३ हजार ४८७ जना छन्।

हालसम्म ७२ जिल्लामा कोरोना संक्रमण फैलिएको छ।

प्रकाशित: Jun 09, 2020| 16:25 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।