सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोना रिपोर्ट नेगेटिभ

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको कोरोना रिपोर्ट नेगेटिभ

आइतबार राति भक्तपुर अस्पतालमा मृत्यु भएकी एक सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका घर भई हाल चाँगुनारायण बस्ने ३६ वर्षीया महिलाको सोही दिन राति मृत्यु भएको थियो।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं - आइतबार राति भक्तपुर अस्पतालमा मृत्यु भएकी एक सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका घर भई हाल चाँगुनारायण बस्ने ३६ वर्षीया महिलाको सोही दिन राति मृत्यु भएको थियो।

महिलालाई खोकी लाग्ने र श्वासप्रश्वासमा पनि समस्या रहेकोले उनको आरडीटी परीक्षण गरिएको थियो। दुईपटकको आरडीटीमा एन्टीबडी पोजेटिभ देखिएपछि अस्पतालको सबै सेवा बन्द गरिएको थियो।

मृत्युपछि कोरोनाको आशंकामा आइतबार राति करिब ९ बजे स्वाब लिई पीसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा उनको रिपोर्ट नेगेटिभ आएको भक्तपुर अस्पतालका कोरोना फोकलपर्सन सुनिल ढुंगेलले बताए। अब अस्पतालका सबै सेवा सञ्चालनमा आउने उनले जानकारी दिए।

 

प्रकाशित: Jun 09, 2020| 14:38 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।