सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अस्पतालमा चोरी गर्नेविरुद्ध किटानी जाहेरी दर्ता

कोरोना अस्पतालमा चोरी गर्नेविरुद्ध किटानी जाहेरी दर्ता

चितवनको कोरोना विशेष अस्पतालमा कर्मचारीले गरेको चोरीविरुद्ध बुझाएको किटानी जाहेरी दर्ता भएको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

चितवन- चितवनको कोरोना विशेष अस्पतालमा कर्मचारीले गरेको चोरीविरुद्ध बुझाएको किटानी जाहेरी दर्ता भएको छ।

भरतपुर महानगरपालिकाका कर्मचारीले कोरोना अस्पतालमा गरेको चोरीविरुद्ध नेपाली कांग्रेस निकट जनप्रतिनिधिहरुले कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए।

घटनामा संलग्न कर्मचारीहरुलाई निलम्बन गर्न माग गर्दै आएका महानगरका उपमेयर तथा वडाध्यक्षहरुले मेयरले कारबाहीको विषयमा चासो नदेखाएको भन्दै आज (मंगलबार) जिल्ला प्रहरी कार्यालयमा जाहेरी बुझाएका थिए।

वार्ताबाट समस्या समाधान गरौँ भनेर लामो समयसम्म प्रयास गर्दा पनि वेवास्ता गरिएपछि महानगरको ईज्जत जोगाउन चोरीमा मुछिएकालाई कारबाही गर्न आफैँले उजुरी दिएको भरतपुर–२१ का वडाध्यक्ष चित्रसेन अधिकारीले बताए।

उनका अनुसार उक्त उजुरीको दर्ता नम्बर ७६६ रहेको छ। उनले घटनाको अनुसन्धानगरी दोषीलाई कारबाही गर्न माग गरिएको बताए। उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। उजुरी लिएर सोमबार प्रहरी कार्यालय पुगे पनि मंगलबार मात्रै दर्ता भएको हो।

वडा अध्यक्षहरु अधिकारी, चन्द्रमित्र पण्डीत र दामोदर न्यौपानेले संयुक्त रुपमा उजुरी बुझाएका हुन्।

उपमेयर पार्वती शाह ठकुरीले महानगरले घटनाको विषयमा प्रतिवेदन तयार पार्न आफ्नो नेतृत्वमा समिति बनाए पनि उक्त समितिले दिएको रायलाई वेवास्ता गरिएको आरोप लगाउँदै आएकी छन्। प्रमुख एकतर्फी रुपमा अघि बढेको भन्दै उनले यसको बिरोधमा उत्रन बाध्य भयो।

कोरोना अस्पतालको स्टोरबाट सामान अन्यत्रै लगिएको जस्तो देखिने सीसीटीभी फूटेज बाहिरिएपछि कांग्रेस वडाध्यक्षहरुले फूटेजमा देखिएका कर्मचारीलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका थिए।

फूटेजमा महानगरका लेखा अधिकृत फडिन्द्र खनाल र स्वास्थ्य कर्मचारी सूर्य तिवारीसहित भरतपुर अस्पतालका सञ्जय बराल देखिएका छन्। स्टोरबाट सामान चोरी गरी बिक्री गरेको आरोप उनीहरुलाई लागेको छ।

फूटेजसँगै अस्पतालमा लाखौँ अनियमितता भएको आरोप लागेपछि अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले अस्पतालमा छापा मारेर कागजात लगेको छ।

मेयर दहाल र उनी निकट वडाध्यक्षहरुले भने अख्तियारले अनुसन्धान गरिरहेको भन्दै अन्य अनुसन्धान तथा कारबाही तत्कालका लागि आवश्यक नरहेको बताउँदै आएका छन्।

राय लिन उपमेयरको नेतृत्वमा बनेको समितिमा रहेका कानूनी सल्लाहकारहरुले समेत अख्तियारको निर्णय कुर्न राय दिएका थिए।

तर कांग्रेस निकटका जनप्रतिनिधिले भने अख्तियारले चोरीको विषयमा नभई अस्पतालका अन्य कारोबारको विषयमा मात्रै अनुसन्धान गरिरहेको भन्दै महानगरले नै कारबाही गर्नुपर्ने अडान राखेका छन्।

कोरोना अस्पतालको उक्त घटनासँगै दुई कित्तामा उभिएका भरतपुर महानगरपालिका मेयर र उपमेयरको टोली बीच पटक–पटक छलफल भएको थियो। महानगरले गरेको औपचारिक कार्यक्रमसमेत बहिस्कार गरेर आन्दोलनमा रहेका कांग्रेसका वडाध्यक्षको अगुवाइ गर्दै उपमेयर सडकसम्म पुगेकी थिइन्।

प्रकाशित: Jun 09, 2020| 14:38 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।