मंगलबार, जेठ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देही सामूहिक हत्या प्रकरण : १२ दिनअघि ज्यान मार्ने धम्की दिएका थिए आरोपितले

रुपन्देही सामूहिक हत्या प्रकरण : १२ दिनअघि ज्यान मार्ने धम्की दिएका थिए आरोपितले

रुपन्देहीको तिलोतमा नगरपालिका–१० कान्छीबजारमा सोमबार राति पाँच जनाको ज्यान लिने झपेन्द्र सिंजाली र मृतकमध्येका एक माधव मुसहरसँग १२ दिनपहिले झगडा भएको खुलेको छ।
 |  मंगलबार, जेठ २७, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

vianetvianet

काठमाडौं- रुपन्देहीको तिलोतमा नगरपालिका–१० कान्छीबजारमा सोमबार राति पाँच जनाको ज्यान लिने झपेन्द्र सिंजाली र मृतकमध्येका एक माधव मुसहरसँग १२ दिनपहिले झगडा भएको खुलेको छ।

पशु फार्मका कामदार झपेन्द्र र माधवबीच जेठ १४ गते कामकै विषयमा झगडा भएको र त्यहीबेला झपेन्द्रले माधवलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

माधवका छोरा करणलाई उद्धृत गर्दै प्रहरीले माधवले राम्रोसँग काम गर्नुभन्दा झपेन्द्र उल्टै झगडा गर्थे। १४ गते कामकै विषयमा झगडा हुँदा झपेन्द्रले माधवलाई ज्यान मार्ने धम्की दिएको खुलेको छ।

रुपन्देहीका प्रहरी प्रमुख एवं एसपी हेमबहादुर थापाले घटनास्थलमा मदिराका बोतल भेटिएकाले नसाको सुरमा हत्या गरिएको हुनसक्ने बताए। घटनाको कारण भन्ने अनुसन्धानपछि खुल्ने उनले जानकारी दिए।

झपेन्द्रले फरुवाले प्रहार गरी हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्। थापाका अनुसार मृतक पाँचै जनाको टाउको र घाँटीमा चोट छ।

National life insurance

एक स्थानीयका अनुसार पत्नीले छाडेर गएपछि आफू एक्लै रहेकाले तनाव हुने झपेन्द्रले बताउँदै आएका थिए। पत्नीले छोड्दा एक्लो भएका झपेन्द्र तनावले दिनहुँजसो मदिरा सेवन गर्दै आएका थिए।

झपेन्द्रले ४० वर्षीय माधव मुसहर र उनकी पत्नी ३७ वर्षीया जानकी मुसहर, १४ वर्षका कोषराज मुसहर, १७ वर्षीय करण चौधरी र सोही उमेरका आशिष चौधरीको हत्या गरेका छन्। मृतक सबै तिलोत्तमा नगरपालिकाकै हुन्। करण र आशिष कामदार नभएर फर्ममा बस्न गएका थिए।

कान्छीबजार घर भएका आशिष करणका साथी हुन्। उक्त फार्म कान्छीबजारको मैनहवास्थित स्थानीय कृष्णबहादुर पुनको हो। ३१ वर्षीय झपेन्द्रको घर सुर्खेत हो। उनी पत्नीले छोडेपछि केही महिनादेखि उक्त फार्ममा काम गर्न पुगेका थिए।

शव परीक्षणको लागि प्रादेशिक अस्पताल, बुटवलमा लगिएको प्रहरीले जनाएको छ। झपेन्द्र पनि प्रिन्स अस्पतालमा छन्।

 

प्रकाशित: Jun 09, 2020| 13:22 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।