मंगलबार, असार ३०, २०८३

के फुटबलको वर्चस्व बदलिँदै छ ?

नयाँ पुस्ताको मिडियामा पहुँच कम होला तर, कोठाका भित्ता र सामाजिक सञ्जाल नयाँ खेलाडीको तस्बिरले सजिन थालिसकेका छन्।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

इन्टरनेसनल सेन्टर फर स्पोर्टस् स्टडिज (सीआईईइस)ले फेब्रुअरीमा युरोपका मस्ट भ्यालुएबल खेलाडीबारे तथ्यांक सार्वजनिक गर्याे। जसको शीर्ष २० मा न क्रिस्टियानो रोनाल्डो परे न त लियोनेल मेस्सी।

विश्लेषकले केलियान एम्बाप्पे, रहिम स्टारर्लिङ, जाडोन सान्जे, ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्ड र मार्कस रासफोर्डलाई ‘मस्ट भ्यालुएबल’ खेलाडीको शीर्ष स्थानमा राखेका छन्।

सीआईईएसले जारी गरेको तथ्यांकको शीर्ष स्थानमा २३०.५ मिलियन पाउन्ड ‘भ्यालु मनी’सहित एम्बाप्पे शीर्ष स्थानमा छन्। उनलाई इंग्ल्यान्डका स्टारर्लिङले १७३ मिलियन पाउन्ड ‘भ्यालु मनी’का साथ पछ्याइरहेका छन्।

उक्त सूचीमा सान्जे, अजेक्जेन्डर र रासफोर्ड क्रमशः तेस्रो, चोथो र पाँचौं स्थानमा छन्। उनीहरुले क्रमशः १५९, १५२ र १३६ मिलियन पाउन्डको ‘भ्यालु मनी’ पाएका छन्।

पछिल्लो दशक राज गरेका खेलाडी रोनाल्डो र मेस्सीको स्थान पनि तथ्यांकमा धेरै फरक छ। सर्वाधिक बोलोन डोर अवार्ड विजेता मेस्सीलाई २२ औं स्थानमा राखिएको छ भने फुटबल खेलेरै अर्बपति बनेका रोनाल्डोलाई ७० औं स्थान दिइएको छ।

अहिले पनि फुटबलका सर्वश्रेष्ठ खेलाडी को हुन् भनेर सोध्यो भने अधिकतर फुटबल समर्थकले पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको नाम भन्ने गरेका छन्। रोनाल्डोको नाम नलिने लगभग सबैले अर्जेन्टिनी फरवार्ड मेस्सीको नाम भन्न मन पराउँछन्। कसैले भने ब्राजिलियन फरवार्ड नेयमारको नाम लिन्छन्।

फुटबलको पछिल्ला तथ्यांक पनि त्यस्तै छ। पछिल्लो १२ वर्षको सर्वाधिक चर्चित अवार्ड बेलोन डोर हेर्ने हो भने पनि मेस्सीको नाममा ६ वटा र रोनाल्डोको नाममा ५ वटा अवार्ड गइसकेका छन्। सन् २०१८ को अवार्ड भने क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले पाए।

केलियन एम्बाप्पे(बीचमा), बायाँबाट क्रमशः रहिम स्टारर्लिङ, ट्रेन्ट अलेक्जेन्डर–अर्नोल्ड, जाडोन सान्जे र मार्कस रासफोर्ड।

तर, पछिल्लो पुस्तामा यी खेलाडीलाई छोडेर नयाँ खेलाडीको नाम भन्न थालिसकिएको छ। भलै नयाँ पुस्ताको मिडियामा पहुँच कम होला तर, कोठाका भित्ता र सामाजिक सञ्जाल नयाँ खेलाडीको तस्बिरले सजिन थालिसकेका छन्।

फुटबल तथ्यांकको अध्ययन र विश्लेषणमा चर्चिच स्विस संस्था सीआईईएसले नयाँ खेलाडीलाई अहिलेको ‘मस्ट भ्यालुएबल’ खेलाडीको रुपमा स्थापित गरेको हो।

क्लबका हिसाबले लिभरपुलले सबैभन्दा धेरै (१.२७ बिलियन पाउन्ड) ‘भ्यालु मनी’ पाएको छ। दोस्रो स्थानको म्यान्चेस्टर युनाइटेडले १.२४ बिलियन पाउन्डको ‘भ्यालु मनी’ पाएको छ।

सीआईईइसले युरोपको शीर्ष पाँच लिगमा गरेको अध्ययनबाट यो निष्कर्ष निकालेको हो।

युरोपको ‘मस्ट भ्यालुएबल’ २५ खेलाडी

खेलाडी (क्लब) – भ्यालु मनी (पाउन्ड स्टर्लिङमा)

केलियन एम्बाप्पे (पीएसजी) – २३०.५ मिलियन

रहिम स्टार्लिङ (म्यान्चेस्टर सिटी) – १७३ मिलियन

जाडोन सान्जे (बोरुसिया डर्टमुन्ड) – १५९ मिलियन

ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड (लिभरपुल) – १५२ मिलियन

मार्कस रासफोर्ड (म्यान्चेस्टर युनाइटेड) – १३६ मिलियन

मोहम्मद सलाह (लिभरपुल) – १२९ मिलियन

सादियो माने (लिभरपुल) – १२४ मिलियन

एन्टोनी ग्रिजम्यान (बार्सिलोना) – १२१ मिलियन

अल्फान्सो डबिस (बायर्न म्युनिक) – ११९ मिलियन

ह्यारी केन (टोटेनहम) – १०६ मिलियन

रोबर्टो फर्मिर्नो (लिभरपुल) – १०६ मिलियन

बर्नान्डो सिल्वा (म्यान्चेस्टर सिटी) – १०२ मिलियन

ग्याब्रियन जेसस (म्यान्चेस्टर सिटी) – १०१ मिलियन

जोआ फेलिक्स (एट्लेटिको मड्रिड) – ९६ मिलियन

एर्लिङ हाल्यान्ड (बोरुसिया डर्टमुन्ड) – ९६ मिलियन

सार्ज ग्यान्ब्री (बायर्न म्युनिक) – ९५ मिलियन

ब्रुनो फर्नान्डेस (म्यान्चेस्टर युनाइटेड) – ९३ मिलियन

माथियस टि लिग्ट (युभेन्ट्स) – ९३ मिलियन

मेसन माउन्ट (चेल्सी) – ९१ मिलियन

फ्रेन्की डि जोङ (बार्सिलोना) – ९१ मिलियन

रोड्री (म्यान्चेस्टर सिटी) – ९० मिलियन

लियोनेल मेस्सी (बार्सिलोना) – ८९ मिलियन

लौरेटो मार्टिनेज (इन्टर मिलान) – ८८ मिलियन

भ्रीगिल भान डियाक (लिभरपुल) – ८८ मिलियन

सौल निगुज (एट्लेटिको मड्रिड) – ८७ मिलियन।

 

प्रकाशित: Jun 09, 2020| 12:50 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।