रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारमा रहेको एक भैंसी फार्ममा सामूहिक हत्या गरिएका पाँचै जनाको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् ।
उनीहरुमध्ये माधव र जानकी पति-पत्नी हुन् । खत्रीले घटनाको थप अनुसन्धान जारी रहेको जानकारी दिए। हत्या आरोपमा सोही फार्ममा काम गर्ने सुर्खेतका झपेन्द्र सिंजालीलाई प्रहरीले पक्राउ परेको छ ।
हत्या गरेर तन्नामा शव बेरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त भैंसी फार्म स्थानीय कृष्ण पुनले सञ्चालन गर्दै आएका थिए ।