सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२ बाग्लुङमा १२ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

पोखरा- गण्डकी प्रदेशमा थप २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा १२ बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नवलपरासी पूर्वका १२ जना संक्रमितहरु १८ देखि ४० वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष रहेको उनले बताए ।

यस्तै बाग्लुङका ११ संक्रमितमध्ये बरेङ गाउँपालिकाका ७ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । म्यादीका संक्रमित बेनी नगरपालिकाका ४६ वर्षीय पुरुष रहेको प्रवक्ता शर्माले बताए ।

मंगलबार बिहान थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।

प्रकाशित: Jun 09, 2020| 07:36 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।