सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धुर्मुस–सुन्तली फाउण्डेशनलाई ७ करोड १४ लाख हस्तान्तरण

धुर्मुस–सुन्तली फाउण्डेशनलाई ७ करोड १४ लाख हस्तान्तरण

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ ।

रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम हस्तान्तरण गरेका हुन्।

महायज्ञमा बोलकबोल भएको रु ६९ करोड ४० लाख ५६ हजार ९१९ रकममध्ये नगद सङ्कलन भएको रु सात करोड १४ लाख ५६ हजार ६८४ को चेक हस्तान्तरण गरिएको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए। प्रदेश र स्थानीय तहले घोषणा गरेको रु ५१ करोड ९२ लाख ६५ हजार २६३ उठ्न बाँकी छ ।

महायज्ञमार्फत २८ हजार दाताले रङ्गशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए। महायज्ञमा निजी क्षेत्र, सङ्घसंस्था र नागरिकका तर्फबाट रु १७ करोड ४६ लाख सहयोगको घोषणा गरिएको समितिले जनाएको छ ।

यस्तै प्रदेश सरकारले रु ३० करोड, भरतपुर महानगरपालिकाले रु १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले रु दुई करोड २२ लाख सहयोग गर्ने घोषणा गरेका थिए । अन्य स्थानीय तहले पनि सहयोगको घोषणा गरेका थिए ।

प्रदेश सरकारले प्रदान गर्ने रु ३० करोड बहुवर्षीय बोलपत्र प्रक्रियाअन्तर्गत रहेर काम अघि बढाइने बाग्मती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए। उनले तत्काल समिति विघटन भइनसकेको भन्दै रकम उठाउन र रङ्गशाला निर्माणमा सहयोग पुर्याउन असार मसान्तसम्म काम गर्ने जानकारी दिए।

कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दाताहरुलाई महायज्ञमा बोलेअनुसारको रकम सहयोग गर्न आग्रह गरे। उनले बन्दाबन्दीका कारण रङ्गशाला निर्माणको काम प्रभावित भए पनि भित्रभित्रै काम गरिरहेको बताए।

 

प्रकाशित: Jun 09, 2020| 05:44 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।