सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनमा रहेका सबैको पिसिआर परीक्षण गर्न कांग्रेसको माग

क्वारेन्टिनमा रहेका सबैको पिसिआर परीक्षण गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले कोभिड–१९ को परीक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परीक्षण निर्देशिका संशोधन गरी क्वारेन्टिनमा राखिएका सबैको पिसिआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

नेपाली कांग्रेसले कोभिड–१९ को परीक्षणका सम्बन्धमा सरकारले जारी गरेको राष्ट्रिय परीक्षण निर्देशिका संशोधन गरी क्वारेन्टिनमा राखिएका सबैको पिसिआर विधिबाट परीक्षण गरेर मात्र घर पठाउन माग गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले क्वारेन्टिनमा मृत्यु भएकाको अनिवार्य स्वाब परीक्षण गर्न र आइसोलेशनमा रहेका व्यक्तिको परीक्षण गरेर मात्र डिस्चार्ज गर्ने व्यवस्था गर्न माग गरेको छ ।

पार्टीले पिसिआर परीक्षणको दायरा विस्तारसँगै यसको क्षमता अभिवृद्धि गर्नका लागि आवश्यक किट, उपकरण, जनशक्ति र अन्य लजिस्टिक आवश्यकताको अविलम्ब व्यवस्था गर्नसमेत माग गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकले कोभिड –१९ कबाट जोगाउन तत्काल जनताको स्वास्थ्य सुरक्षाका लागि आवश्यक पर्ने सबै सामग्रीको तत्काल आपूर्ति गर्न र क्वारेन्टिन सञ्चालनका लागि स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक स्रोत सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ ।
यसैगरी कोभिड –१९ बाहेक अन्य रोगका खोप, औषधि, प्रतिरोधात्मक र उपचारात्मक सबै सेवा विनाअवरोध पाउने सुनिश्चितता गर्न, कोभिड –१९ नियन्त्रणमा भएको खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न र स्वास्थ्य सामग्री खरीदबारे तत्काल सार्वजनिक रुपमा जानकारी गराउन बैठकले सरकारसँग माग गरेको छ ।

राहत खाद्य सामग्रीको गुणस्तर कायम गर्न र राहत वितरण निष्पक्ष रुपले गर्न, विभिन्न देशमा बिचल्लीमा परी घर आउन चाहने नेपालीलाई सुरक्षित तवरले अविलम्ब स्वदेश ल्याउने व्यवस्था गर्न, खाडी मुलुकलगायत विदेशमा विविध कारणले जीवन गुमाएका नेपालीको शव ल्याउन आवश्यक काम गर्नुपर्ने बैठकले सुझाव दिएको छ । अर्थतन्त्रलाई चलायमान बनाउन उद्योग व्यवसाय र कृषिसँग जोडिएका क्षेत्रमा ठोस राहत र सहयोग घोषणा गर्न, कृषि क्षेत्रलाई प्राथमिकतामा राखी बीउबिजन र रासायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदानमार्फत कृषक र कृषि क्षेत्रलाई तत्काल सहयोग पुर्याउन कांग्रेसले माग गरेको छ ।

बैठकले कोभिड –१९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न तथा जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नुपर्ने कदमका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ । साथै कोभिड –१९ का कारण उत्पन्न परिस्थितिका सम्बन्धमा अनुगमन गर्न पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा समिति गठन गरिएको मुख्य सचिव पौडेलले जानकारी दिए।

 

प्रकाशित: Jun 09, 2020| 05:40 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।