सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काेराेनाबाट मृत्यु : स्थानीयको विरोध र प्रहरीको बल प्रयोगपछि शव व्यवस्थापन

काेराेनाबाट मृत्यु : स्थानीयको विरोध र प्रहरीको बल प्रयोगपछि शव व्यवस्थापन

कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

कास्की- कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका स्याङ्जाको वालिङ नगरपालिका–३ का ६० वर्षीय एक पुरुषको शव १९ घण्टापछि व्यवस्थापन गरिएको छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आइतबार राति ११ः२५ बजे निधन भएका उनको शव जातीय संस्कारअनुसार साँझ ६ः३० बजे पोखरा महानगरपालिका–११ स्थित सेती नदी किनारको रिठ्ठाघाटमा गाडिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए।

संक्रमितको शव ल्याउन लागिएको जानकारी पाएपछि दिउँसोदेखि नै वडा नं ११ फूलबारी र वडा नं २० का स्थानीयवासी विरोधमा उत्रिएका थिए। विरोधमा उत्रिएका स्थानीवासी र प्रहरीबीच झडप हुँदा वडा नं ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलासहित केही स्थानीयवासी तथा प्रहरीसमेत घाइते भए भने केहीलाई प्रहरीले पक्राउ गरेको थियो। फूलबारी तथा भलाम दुवैतर्फका स्थानीयलाई रोक्नका लागि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरहरि अधिकारीले शव व्यवस्थापनका क्रममा अवरोध गर्ने र ढुङ्गामुढा गर्ने १८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीतर्फ पनि चार जना घाइते भएको बताइन्छ। शव व्यवस्थापनका लागि पोखरा महानगरपालिकाले बिहान वडा नं १५ स्थित हरियोखर्कमा खाडल तयार गर्न लागेकामा स्थानीयले एक्साभेटर फिर्ता पठाएका थिए।

रिठ्ठाघाटमा व्यवस्थापनको तयारी गरिए पनि विरोध भएपछि लामो समय शव अस्पतालको आइसोलेसनमा राखिएको थियो। वडा नं ११ का वडाध्यक्ष बास्तोलाले शव व्यवस्थापनका लागि महानगरले वडासँग कुनै समन्वय नगरेको र एक्कासी यहाँ ल्याउने जानकारीपछि विरोध गरिएको बताए।

कोभिड–१९ का कारणले मृत्यु भएकाहरुको शव व्यवस्थापन कार्यविधि अनुसार शव व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई रहेको छ भने जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहले व्यवस्थापन स्थलको खोजी गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: Jun 08, 2020| 21:47 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।