सोमबार, भदौ ८, २०८३

भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना

कोरोना महामारीका कारण २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्ष २०२० स्थगित भयो।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

भैरहवा- भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ। कोरोना भाइरसको संक्रमण फैलिनुअगाडि मुलुकको विकासको मुख्य आधार पर्यटन थियो। कोरोना महामारीका कारण २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको नेपाल भ्रमण वर्ष २०२० स्थगित भयो।

लुम्बिनी भ्रमण वर्ष सामान्य पूजापाठ गरेर मनाइयो। तथापि प्रदेश ५ सरकारले कोरोना कहरपछि पुनः पर्यटन क्षेत्रलाई सक्रिय बनाउने योजना बनाएको छ। जसअनुसार लकडाउनकै अवधिमा भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताए।

कार्यालय स्थापना समारोहमा मन्त्री गिरीले भने, ‘कोरोनाका कारण संकटग्रस्त भएको पर्यटन क्षेत्रलाई अगाडि बढाउन प्रदेश सरकारले विशेष योजना सहित काम गर्नेछ।’

भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना गरिएको हो। उक्त कार्यालय स्थापनासँगै पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका विषयमा पनि सही ढंगले मूल्यांकन गर्न सहजता सृजना हुने जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताए।

सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले डिभिजनले संघ र प्रदेशसँग समन्वयकारी भूमिका खेलेर मर्कामा परेका व्यवसायीलाई प्याकेजमा सहयोग दिने विश्वास व्यक्त गरे।

पर्यटन व्यवसायी सागर अधिकारीले डिभिजन स्थापनासँगै पर्यटन व्यवसायीलाई सहजता सिर्जना हुने बताए। नेपाल एसोसियएन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा) प्रदेश ५ अध्यक्षसमेत रहेका अधिकारीले प्रदेश सरकारले ल्याउने बजेटमा कोरोनाको कारण समस्याग्रस्त भएको पर्यटन क्षेत्रका लागि विशेष कार्यक्रम आउनेमा विश्वास पनि व्यक्त गरे।

डिभिजन प्रमुख मुक्तिप्रसाद पाण्डेले कार्यालयमार्फत पर्यटनसम्बन्धी होटल दर्ता, ट्राभल एजेन्सी दर्ता नवीकरण, पूर्वाधारण निर्माण हुने बताए।

प्रकाशित: Jun 08, 2020| 20:35 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।