भैरहवा- भारतबाट एकै दिनमा प्रदेश ५ मा १२३९ जना भित्रिएका छन्। ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारका अनुसार आइतबार साँझ ४ बजेदेखि सोमबार बिहान १० बजेसम्म भारतबाट प्रदेश ५ मा आउनेको संख्या १२३९ जना छ।
यसरी फर्किएकमा रुपन्देहीका ८३१, बाँकेका २४७, नवलपरासीका २१ र कपिलवस्तुका १४० जना छन्।