सोमबार, भदौ ८, २०८३

कर्णालीमा २ वर्षे बालकसहित थप ४ जना कोरोनामुक्त

कर्णालीमा थप चार जनाले कोरोना भाइरसलाई जितेका छन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

सुर्खेत- कर्णालीमा थप चार जनाले कोरोना भाइरसलाई जितेका छन्। कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार दैलेखको डुंगेश्वर गाउँपालिका १ जना महिला र दुल्लु नगरपालिकाका २ वर्षीय बालकसहित ३ जनाले कोरोना जितेर घर फर्किएका छन्।

कोरोना जित्नेमा डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ वर्षीया महिला, दुल्लु नगरपालिका–११ का २ वर्षीया बालक, उनकी २३ वर्षीया आमा र ३० वर्षे बुवा रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

डुंगेश्वरका २५ वर्षीया महिलाको जिल्ला अस्पताल र दुल्लुका तीन जनाको दुल्लु अस्पतालको आइसोलेसनमा उपचारपछि घर फर्किएका हुन्। उनीहरु जेठ ८ गते भारतबाट गाउँ फर्किएका थिए। योसँगै कर्णालीका ११ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्।

प्रकाशित: Jun 08, 2020| 19:08 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।