यही जेठ १० गते ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारी–८ सोतीमा भएको घटनाबारे छानबिन गर्न ९ सदस्यीय संसदीय समिति गठन भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले नेकपाका सांसद देवन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति सोमबार गठन गरेका हुन्।
छानबिन समितिका सदस्यहरुमा सांसदहरु एकवाल मियाँ, दुर्गा पौडेल, प्रकाश रसाइली स्नेही, विमला विक, महेश्वरजंग गहतराज, मीन विश्वकर्मा र रामसहायप्रसाद यादव छन्।
समितिलाई ३० दिनभित्र घटनाको सत्यतथ्य छानविन गरेर प्रतिवेदन पेश गर्न सभामुख सापकोटाले सदनबाटै निर्देशन दिएका छन्।
सांसदहरुले लगातार घटनाको छानबिन गर्न समिति गठन गर्न माग गरेपछि सरकार पनि संसदीय समिति बनाउन तयार भएको हो।