सोमबार, भदौ ८, २०८३

सुदूरपश्चिममा एकै दिन ३७ कोरोना संक्रमित थपिए

सुदूरपश्चिमका चार जिल्लामा सोमबार ३७ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- सुदूरपश्चिमका चार जिल्लामा सोमबार ३७ जना कोरोना संक्रमित थपिएका छन्।

धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा कञ्चनपुर, कैलाली, दार्चुला र डडेल्धुराका ३७ जनामा कोरोना पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरमा १९, दार्चुलामा १०, डडेल्धुरामा ७ र कैलाली १ जनामा कोरोना पुष्टि भएको छ।

श्रेष्ठका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिकाका १३ जना पुरुष, भिमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुष तथा शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै दार्चुलामा शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक–एक पुरुषमा कोरोना संक्रमण देखिएको छ।

डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

कैलालीमा नयाँ थपिएका संक्रमित जानकी गाउँपालिकाका एक जना पुरुष रहेका छन्। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ४७ पुगेको छ।

प्रकाशित: Jun 08, 2020| 18:45 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।