काठमाडौं- गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका ३३ र ३९ वर्षका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै नवलपरासी पूर्वकै कावासोती नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका २१ र ४० वर्षका २ जना पुरुष र ६३ वर्षकी १ महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।
उनीहरुलाई नवलपरासी पूर्वको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ।