मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • खेलकुदमन्त्री विश्वकर्माको नेता यादवलाई चुनौती– एन्फाबाट लाभ लिएको पुष्टि गर्नुस्

खेलकुदमन्त्री विश्वकर्माको नेता यादवलाई चुनौती– एन्फाबाट लाभ लिएको पुष्टि गर्नुस्

खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फाबाट लाभ लिएको पुष्टि गर्न जनता समाजवादी पार्टीका नेता प्रदीप यादवलाई चुनौती दिएका छन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले एन्फाबाट लाभ लिएको पुष्टि गर्न जनता समाजवादी पार्टीका नेता प्रदीप यादवलाई चुनौती दिएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसद यादवले लगाएको आरोपको खण्डन गर्दै खेलकुदमन्त्री विश्वकर्माले यसो बताएका हुन्।

उनले भने, “सम्बन्धित सांसदले जुन शब्द बोल्नुभएको छ। उहाँले भन्न खोजेको त्यही हो भने उहाँलाई पुष्टि गर्न म चुनौती दिन्छु।”

गत शुक्रबार (जेठ २३)गतेको प्रतिनिधि सभा बैठकमा नेता यादवले मन्त्री विश्वकर्मामाथि एन्फाबाट लाभ लिएको आरोप लगाएका थिए।

“एन्फाले माननीय मन्त्रीलाई खुबै माया गर्छ। १७ करोड रुपैयाँ एन्फाले पनि उहाँलाई दिएको छ,” सांसद यादवको भनाई उद्धृत गर्दै मन्त्री विश्वकर्माले भने।

बैठकमा सांसद यादवले नारायणी रंगशालामा ५० लाख रुपैयाँ मात्र छुट्याएको गुनासोसमेत गरेका थिए। यस्तै, उनले एन्फाले मन्त्रीको ठाउँमा ठूलो प्रोजेक्ट पारेर रिझाएको आरोपसमेत लगाएका थिए।

नेता यादवको आरोपबारे स्पष्ट पार्दै मन्त्री विश्वकर्माले भने, “एन्फाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भेडाबारीमा एन्फा एकेडेमी सञ्चालन गर्दैछ। फिफाका प्रतिनिधि आएर धेरै ठाउँमध्ये त्यो ठाउँलाई राम्रो भनेका छन्। र, त्यहाँ १७ करोड रुपैयाँ लागतको योजना एन्फा बैठकले स्वीकृत गरिसकेको छ।”

उनले थपे, “यसै प्रशंगलाई जोडिएर हेरिएको हो भने त्यसमा मेरो संलग्नता छैन।” उनले आफूले राम्रा काम गरेकाले खेल संघ, खेलाडी, कर्मचारी तथा खेल पत्रकारबाट माया पाएको उनले बताए।

प्रकाशित: Jun 08, 2020| 18:00 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।