सोमबार, भदौ ८, २०८३

कोरोना संक्रमितको संख्या ३,७६२ पुग्यो

आज (सोमबार) नेपालमा कोरोना भाइरसका ३१४ जना संक्रमित थपिएका छन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

आज (सोमबार) नेपालमा कोरोना भाइरसका ३१४ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ३१४ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै कोरोना संक्रमितको कुल संख्या ३ हजार ७६२ पुगेको छ। यीमध्ये १४ जनाको मृत्यु भएको छ भने ४८८ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म देशभर पीसीआर विधिबाट १ लाख ९७१ जनाको कोरोना परीक्षण भएको छ भने आरडीटी विधिबाट १ लाख ५६ हजार ९९१ जनाको परीक्षण भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा १ लाख ७० हजार ७३२ जना छन्। त्यसैगरी विभिन्न अस्पतालका आइसोलेसनमा ३ हजार २६० जना छन्।

प्रकाशित: Jun 08, 2020| 16:27 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।