सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • न्याय सेवाका दुई सहसचिवको सचिव र ८५ जनाको अधिकृतमा बढुवा

न्याय सेवाका दुई सहसचिवको सचिव र ८५ जनाको अधिकृतमा बढुवा

न्याय सेवा आयोगको सोमबार बसेको बैठकले दुई जनाको सहसचिवबाट सचिव र ८५ जनालाई नासुबाट अधिकृतमा बढुवा गरेको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- न्याय सेवा आयोगको सोमबार बसेको बैठकले दुई जनाको सहसचिवबाट सचिव र ८५ जनालाई नासुबाट अधिकृतमा बढुवा गरेको छ।

आयोगको सोमबार बसेको अर्थ मन्त्रालयमा कानुन अधिकृत रहेका सहसचिव उदयराज सापकोटालाई सचिवमा बढुवा गरेको छ। बढुवासँगै सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवको जिम्मेवारी तोकिएको छ।

यस्तै, कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीको पनि सचिवमा बढुवा भएको छ। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गरेको छ।

आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव रहेका ऋषिराज भण्डारीलाई कानुन मन्त्रालयमा सरुवा गरेको छ।
बैठकले चार जना उपसचिव र १५ जना अधिकृतको सरुवासमेत गरेको छ। उच्च अदालत, तुल्सीपुरका उपरजिस्ट्रार प्रेम खड्कालाई जिल्ला अदातल, रोल्पाको स्रेस्तेदारमा सरुवा गरिएको छ।

यस्तै, उच्च अदालत, दिपायलको महेन्द्रनगर इजलासका उपरजिस्ट्रार तीर्थराज भट्टलाई बाँके जिल्ला अदालतको स्रेस्तेदारमा सरुवा गरिएको छ। सर्वोच्च अदालतका इजलास अधिकृत जगतबहादुर पौडेललाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासको रजिस्ट्रारमा सरुवा गरिएको छ।

जिल्ला अदालत, बाँकेका स्रेस्तेदार यदुराज शर्माको कञ्चनपुर जिल्ला अदालतको स्रेस्तेदारमा सरुवा गरिएको छ।

 

 

प्रकाशित: Jun 08, 2020| 15:54 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।