काठमाडौं- भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ।
सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने महिलाको सुत्केरी भएको आधा घण्टामै मृत्यु भएको अस्पतालले जनाएको छ।
सुत्केरी व्यथाले च्यापेपछि आइतबार बेलुकी अस्पताल ल्याइएकी महिलाले छोरा जन्माएको अस्पतालले जनाएको छ।
महिलाको शव अस्पतालमै राखिएको र कोरोना भाइरस परीक्षणका लागि स्वाब राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको अस्पतालले जनाएको छ।
अस्पताल आउँदा ती महिलामा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वासमा पनि समस्या देखिएको अस्पतालले जनाएको छ।
यसअघि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा नियमित स्वास्थ्य जाँच गर्दै आएकी ति महिलालाई हाल उक्त मेडिकल कलेज बन्द भएपछि सुत्केरी हुन भक्तपुर अस्पताल लगिएको थियो।