मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • घरै बसेर रंगशालाको अनुभव : लालिगाको भर्चुअल रंगशालामा समर्थकको स्वर सुनिने

घरै बसेर रंगशालाको अनुभव : लालिगाको भर्चुअल रंगशालामा समर्थकको स्वर सुनिने

दर्शकले घरमै बसेर भर्चुअल रंगशाला देख्ने छन् र समर्थकको स्वर रंगशालामा सुनिने छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

साढे दुई महिनापछि स्पोनिस ला लिगा जुन ११ बाट फेरि सुरु हुँदै छ। आगामी सबै प्रतियोगिता खाली रंगशालामा हुने छ। तर दर्शकलाई यसको कमी महसुस हुन नदिने प्रविधि ल्याएको आयोजकले दाबी गरेको छ। किनभने आयोजकले खेलको प्रत्यक्ष प्रशारण देखाउने विशेष तयारी गरेको छ।

दर्शकले घरमै बसेर भर्चुअल रंगशाला देख्ने छन् र समर्थकको स्वर रंगशालामा सुनिने छ। यसका लागि पहिले नै रेकर्ड गरिएको समर्थकको मौलिक आवाज प्रयोग हुने छ।

ला लिगाले एक वक्तव्यमा भनेको छ, ‘खेलको ब्रोडकास्टरले टेक्नोलोजीको प्रयोग गरेर खाली स्टेडियममा दर्शकको उपिस्थिति देखाउने छ। भर्चुअल समर्थक होम टिमको रंगमा नजर आउने छन्। जब खेल रोकिने छ, तब भर्चुअल दर्शकको पूरा ठाउँ होम टिमको कलरमा रंगिने छ। त्यो समयमा अलग-अलग सन्देश पनि देखाइने छ।’

ला लिगको अनुसार खेलको प्रसारण गर्दा दर्शकलाई रंगशालामा खेल हेर्दाको जस्तै अनुभूति हुने दाबी गरेको छ। प्रत्येक गोलमा दर्शकको त्यही रेकर्ड स्वर सुनाइने छ।

मार्चमा स्थगित भएको ला लिगाका ११ चरणका खेल बाँकी छन्। कोरोनाको कारण लिग स्थगित हुनुअघि लिगको अंक तालिकामा बार्सिलोना शीर्ष स्थानमा छ भने रियल मड्रिड दोस्रोमा छ।

एजेन्सी

प्रकाशित: Jun 08, 2020| 14:52 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।