सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मृत्यु भएका युवकको सम्पर्कमा रहेका ३० जनामा कोरोना पुष्टि

मृत्यु भएका युवकको सम्पर्कमा रहेका ३० जनामा कोरोना पुष्टि

कोरोना संक्रमणबाट भारतमा मृत्यु भएका अर्घाखाँचीका युवकसँगै एउटै बसमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

अर्घाखाँची- कोरोना संक्रमणबाट भारतमा मृत्यु भएका अर्घाखाँचीका युवकसँगै एउटै बसमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भारतबाट आएर क्वारेन्टिनमा राखिएका ५१ मध्ये ३० जनामा कोरोना पुष्टि भएको अर्घखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए। भूमिकास्थान नगरपालिका-९ का ३५ वर्षीय युवकको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो।

गत जेठ १० गते भारतबाट आउने क्रममा उनको बाटैमा मृत्यु भएको थियो। थापाका अनुसार संक्रमण देखिएकामध्ये दुई जना महिला र बाँकी पुरूष छन्। उनीहरू सन्धिखर्क नगरपालिकाका २८ र पाणिनी र सितगंगाका एक/एक जना छन्।

मृतक युवकको भने संक्रमण पुष्टि हुनुअघि नै अन्त्यष्टि गरिएको थियो। उनको परिवारका सदस्यमा भने संक्रमण नदेखिएको थापाले बताए।

प्रकाशित: Jun 08, 2020| 14:55 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।