मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इङ्ल्यान्ड फुटबलका रहिम भन्छन्-  एकमात्र रोग रंगभेद हो, यसलाई समाधान गरौं

इङ्ल्यान्ड फुटबलका रहिम भन्छन्-  एकमात्र रोग रंगभेद हो, यसलाई समाधान गरौं

इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोली र प्रिमियर क्लब म्यान्चेस्टर सिटीका फरवार्ड रहिम स्टार्लिङले रंगभेद अहिलेको एकमात्र रोग भएको बताएका छन्।
 |  सोमबार, जेठ २६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २६, २०७७

काठमाडौं- इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोली र प्रिमियर क्लब म्यान्चेस्टर सिटीका फरवार्ड रहिम स्टार्लिङले रंगभेद अहिलेको एकमात्र रोग भएको बताएका छन्। उनले रंगभेदविरुद्ध बेलायतभर भएको प्रदर्शनको समर्थन गरेका छन्।

उनले भने, ‘हामीले संघर्ष गरिरहेको रंगभेद नै अहिलेको एकमात्र रोग हो।’

अश्वेतमाथि गरिएको हिंसा र भेदभावविरुद्ध विश्वका हजारौैं मानिस ‘ब्ल्याक लाइभ्स म्याटर’ नामक आन्दोलनमा सहभागी भएका छन। कोरोना भाइरस महामारीमा सरकारले भीडभाड नगर्न आग्रह गरे पनि मानिसहरु आन्दोलनमा सहभागी छन्।

अमेरिकाको माइनापोलिसमा अश्वेत नागरिक जर्ज फ्लोयडको हत्या गरेपछि विश्वभर आन्दोलन चर्किएको हो।

‘अहिलेको समयमा यो महत्त्वपूर्ण कुरा हो। रंगभेद त्यस्तो कुरा हो जुन वर्षौंदेखि दोहोरिरहेको छ,’ अमेरिकाको घटनालाई सम्झँदै २५ वर्षीय स्टार्लिङले भने, ‘महामारीलाई जस्तै हामी यस्ता कुराको पनि समाधान चाहन्छौं।’

‘कोरोनाको महामारीकै समयमा यो आन्दोलन भइरहेको छ। उनीहरु यो जातीय महामारीको पनि समाधान चहान्छन् र अन्यायलाई समाप्त गर्ने बाटो खोजिरहेका छन्,’ उनले थपे।

इंगल्यान्डमा मार्च १३ यता कोरोनाको महामारीका कारण फुटबल स्थगित गरिएको छ। लिग बीचमै स्थगित भएका क्लबलाई ठूलो घाटा पर्ने र समय अभाव हुने देखिएपछि प्रिमियर लिगले आउँदो जुन १७ बाट फुटबल खेल पुनः मैदान फर्काउने भएको छ। -एजेन्सी

प्रकाशित: Jun 08, 2020| 11:55 सोमबार, जेठ २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।