काठमाडौंं- नेपालमा पछिल्लो दुई सातामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित तीन सय ८० जना उपचारपछि निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दुई साताअघि (जेठ ११ गते) नेपालमा उपचारपछि निको हुने कोरोना संक्रमितको संख्या ८७ थियो। गत आइतबारसम्म त्यो संख्या चार सय ६७ पुगेको छ।
उक्त अवधिमा थप दुई हजार ८४५ जनामा संक्रमण देखिएको छ। मन्त्रालयको तथ्यांक अनुसार जेठ ११ गते नेपालमा ६ सय तीन जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसको दुई सातापछि (जेठ २५ गते)मा संक्रमितको संख्या तीन हजार ४४८ पुगेको छ।