आइतबार, जेठ ३, २०८३

ललितपुर महानगरभित्रका विद्यालयमा असोज १ गतेदेखि पठनपाठन

ललितपुर महानगरपालिकाभित्रका विद्यालय असोज १ गतेबाट खुल्ने भएका छन्। महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालय खुल्न लागेका हुन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

National life

काठमाडौं– ललितपुर महानगरपालिकाभित्रका विद्यालय असोज १ गतेबाट खुल्ने भएका छन्। महानगरस्तरीय शिक्षा समितिको बैठकको निर्णयपछि महानगरभित्रका संस्थागत र सामुदायिक विद्यालय खुल्न लागेका हुन्। 

महानगरपालिकाले विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड कडाइका साथ अपनाउन निर्देशन दिएको छ। यस्तै सामुदायिक विद्यालयलाई मास्क र स्यानिटाइजर महानगरले नै उपलब्ध गराउने महानगरका शिक्षा शाखा प्रमुख महेन्द्रबहादुर क्षेत्रीले बताए। क्षेत्रीले भने, ‘सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी विद्यालय सञ्चालन गर्नुपर्नेछ।’ 

विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी कार्यढाँचा गर्नुपर्ने, स्वास्थ्य मापदण्डका सम्बन्धमा अभिभाक, शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवलालाई विद्यालयले अभिमुखीकरण गराउनुपर्ने सर्त महानगरपालिको छ। क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सामुदायिक विद्यालयहरुलाई सम्भव भएसम्म स्वास्थ्य सुरक्षाका सामग्री विद्यालयको मागका आधारमा प्रदान गरिनेछ।’

प्रकाशित: Sep 14, 2021| 14:15 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्