मंगलबार, भदौ ९, २०८३

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. जागेश्वर गौतम

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.जागेश्वर गौतमलाई दिइएको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा.जागेश्वर गौतमलाई दिइएको छ।

मन्त्रालयका प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टका अनुसार अहिलेका प्रवक्ता विकास देवकोटालाई भने गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ।

प्रवक्ता देवकोटाले स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी छोडेर अबदेखि आफुले गुणस्तर मापन महाशाखाको प्रमुखको रुपमा जिम्मेवारी समाल्ने बताएका छन्।

डा. जागेश्वर गौतम विहिबारमात्रै मन्त्रालयमा सरुवा भएका थिए। त्यसअघि उनी परोपकार तथा प्रसुति गृह थापाथलीमा निर्देशकको रुपमा थिए।

परोपकार प्रसुती गृह थापाथलीको निर्देशकको जिम्मेवारी भने डा. संगीता मिश्रालाई दिइएको छ।

प्रकाशित: Jun 07, 2020| 16:52 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।