आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ४ वर्षमा ३ पटक संन्यास घोषणा गरे विश्व च्याम्पियन म्याकग्रेगरले

४ वर्षमा ३ पटक संन्यास घोषणा गरे विश्व च्याम्पियन म्याकग्रेगरले

आयरल्यान्डका मिक्स्ड मार्सल आर्टस् (एमएमए) का खेलाडी कोनोर म्याकग्रेगरले खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

एजेन्सी- आयरल्यान्डका मिक्स्ड मार्सल आर्टस् (एमएमए) का खेलाडी कोनोर म्याकग्रेगरले खेल जीवनबाट संन्यासको घोषणा गरेका छन्। उनले खेल जीवनबाट तेस्रो पटक संन्यासको घोषणा गरेका हुन्।

National life

आमाको साथ खिचिएको एक पुरानो तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा राख्दै उनले भने, ‘मैले एमएमए फाइटिङबाट संन्यास लिने घोषणा गरेको छु। मेरो जीवनको अद्भूत यादको लागि तपाईँहरू सबैलाई धन्यवाद। म तपाईँ सबैलाई माया गरिरहन्छु। आफ्नो सपनाको घर बनाउनु होला। तपाइँ जस्तो चिजको सपना देख्नुहुन्छ त्यस्तै पाउनुहुनेछ।’

उनी मिक्स्ड मार्सल आर्टको सबैभन्दा लोकप्रिय खेलाडीसमेत हुन्। साथै युएफसीको दुई अलग अलग विधाका विश्व च्याम्पिन हुन्।

यूएफसी स्टारले गत सालको मार्चमा पनि संन्यासको घोषणा गरेका थिए। संन्यास घोषणा गर्दै त्यतिबेला उनले भनेका थिए, ‘मैले संन्यास लिनले फैसला गरेको छु। म आफ्ना सबै पुराना साथीहरुको भविष्यको लागि शुभकामना दिन चाहान्छु।’

यद्यपी यो सालको सुरुमा उनले आफ्नो संन्यासको फैसलाबाट यू–टर्न लिँदै समर्थकको सहारामा अघि बढ्न चाहेको बताएका थिए।

Laxmi sunrise bank
kumari

उनको नयाँ फैसलाले आफूलाई राम्रो बनाउने चुनौती दिएको पनि बताएका थिए। सो वक्तव्यपछि उनी यो वर्षको जनवरीमा रिङमा फर्किए।

उनले पहिलोपटक सन् २०१६ मा संन्यासको घोषणा गर्दै सबै समर्थकलाई आश्चर्यमा पारेका थिए। ‘म युवा खेलाडी हुँदा नै खेल जीवनको अन्त्य भएको घोषणा गर्न च हान्छु। तपाईँको मायाका लागि धन्यवाद,’ उनले ४ वर्षअघि संन्यासको घोषणा गर्दै भनेका थिए।

तर त्यसपछि पनि उनले मिक्स्ड मार्सल आर्टमा निरन्तर सहभागी बनिरहे।

प्रकाशित: Jun 07, 2020| 16:17 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।