मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भर्चूअल तेक्वान्दो प्रतियोगितामा नेपाललाई २ स्वर्णसहित ५ पदक

भर्चूअल तेक्वान्दो प्रतियोगितामा नेपाललाई २ स्वर्णसहित ५ पदक

तेक्वान्दो अन्तर्गत पुम्सेको भर्चुअल अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले दोस्रो स्वर्ण जितेको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

एजेन्सी- तेक्वान्दो अन्तर्गत पुम्सेको भर्चुअल अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले दोस्रो स्वर्ण जितेको छ। अमेरिकाको पोर्टल्यान्डमा गएराति सम्पन्न प्रतियोगितामा दावा शेर्पाले स्वर्ण पदक हात पारेका हुन्। उनले कलर बेल्ट विधामा स्वर्ण प्राप्त गरे।

अमेरिकामा जारी यूएस वेस्ट कोस्ट तेक्वान्दो संघ र पान अमेरिका तेक्वान्दो युनियनको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालबाट सहभागी महिला खेलाडी सुस्मिता केसी र अर्जुन तामाङले पनि पदक हात पारेका छन्। सुस्मिताले कलर बेल्टमा रजत जितिन् भने अर्जुनले काश्य पदक हात पारेका हुन्।

सिनियर (५० वर्ष मुनी) उमेर समूह अन्तर्गत अघिल्लो राउन्डमा नेपाल प्रहरीका प्रशिक्षक तथा खेलाडी लक्ष्मण बहादुर ऐरले स्वर्ण पदक प्राप्त गरेका थिए। त्यस्तै ४० वर्ष मुनीको प्रतियोगितामा रेखमाया गुरुङले काश्य जितेकी थिइन्।

यसका साथै नेपालले २ स्वर्ण, १ रजत र २ काश्य जितेको हो।

नेपालले प्रतिस्पर्धा गरेका अघिल्लो पुम्से प्रतियोगितामा (विश्व पुम्से च्याम्पियनसिप) मा पनि ३० वर्षमुनि पुरुष तर्फ स्वर्ण, रजत र काश्य पाएको थियो भने महिलातर्फको ३० वर्षमुनी उमेरसमूहमा रजत पदक जितेको थियो।

प्रकाशित: Jun 07, 2020| 14:02 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।