आइतबार, चैत ८, २०८२

‘ब्ल्याक लाइभ्स म्याटर’को आर्मब्यान्ड

शनिबार राति सम्पन्न खेलमा पनि बायर्नका कप्तान म्यानुयल नेउरले स्पेसल आर्मब्यान्ड प्रयोग गरेका थिए।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

विश्वभरी समानताको आन्दोलन चलिरहेको छ। खेल क्षेत्रमा पनि यसको प्रभाव दह्रै छ। त्यसमाथि फुटबलमा जातीय हिंसा विरुद्धका कार्यक्रम विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महत्त्वका साथ हेर्ने गरेको छ।

National life

केही दिनअघि बुन्डेसलिगा क्लब डर्टमुन्ड र लेवरकुसनका केही खेलाडीले ‘जस्टिस फर जर्ज फ्लोयड’ टि सर्ट लगाएर अमेरिकामा भएको अश्वेत मानिसको हत्याको विरोध गरेका थिए। फिफाका अध्यक्ष गिन्नी एनफान्टिनोले बुन्डेलिगा खेलाडीको यो कदमलाई प्रशंसनीय बताएका थिए।

त्यस्तै पाउल पोग्वालगायत धेरै खेलाडीले अमेरिकामा भएको घटनाको विरोध गर्दै समानताको लागि स्वर उचो पार्दै आएका छन्।

शनिबार राति सम्पन्न खेलमा पनि बायर्नका कप्तान म्यानुयल नेउरले स्पेसल आर्मब्यान्ड प्रयोग गरेका थिए। यो आर्मब्यान्ड हिंसाविरुद्ध क्लबको समर्थन रहेको देखाउन काला जातिहरुले विशेषरुपमा तयार गरेको क्लबले एक सूचना जारी गर्दै बताएको छ।

नेउरले लगाएको कोलो आर्मब्यान्डमा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिएको थियो।

Laxmi sunrise bank
kumari

खेल अवधिभर नेउरसँगै बेन्जामिन पावर्ड, वेरोम बोयटेङ, डेविड अल्वा लगायतका खेलाडीले पनि आर्मब्यान्ड प्रयोग गरेका थिए।

एजेन्सी

प्रकाशित: Jun 07, 2020| 09:28 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।