मंगलबार, असार ३०, २०८३

बायर्नलाई पछ्याउँदै डर्टमुन्ड, दोस्रो स्थानमा पनि दबाव

बुन्डेसलिगाको शनिबार राति सम्पन्न खेलमा डर्टमुन्डले हेर्था बर्लिनमाथी संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदानमै सम्पन्न खेलमा हेर्थामाथि १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

बुन्डेसलिगाको शनिबार राति सम्पन्न खेलमा डर्टमुन्डले हेर्था बर्लिनमाथी संघर्षपूर्ण जित निकालेको छ। घरेलु मैदानमै सम्पन्न खेलमा हेर्थामाथि १–० गोलअन्तरको संघर्षपूर्ण जित निकालेको हो।

दुवै टिममबाट गोल हुन नसकेपछि पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। तर दोस्रो हाफको ५८ औं मिनेटमा एम्री क्यानले खेलको निर्णायक गोल गरे।

जितसँगै बायर्नको खातामा ६३ अंक जम्मा भएको छ। उसले ३० खेलमा १९ जित र ६ बराबरीका साथ ६३ अंक बनाएको हो। अहिले डर्टमुन्ड बायर्नभन्दा ७ अंकले पछि छ।

त्यस्तै तेस्रो स्थानमा रहेको लाइप्जिकले गएराति पार्डाबोनसँग बराबरी खेल्दै ५९ अंक बनाएको छ। डर्टमुन्डसँग अंकदूरीका हिसाबले नजिकमा रहेको लाइप्जिकको दबावका कारण डर्टमुन्डका आउँदो चरणको खेल सकसपूर्ण हुने भएको छ।

त्यस्तै चौथो र पाँचौ स्थानमा रहेको टिमको समान ५६ अंक छ। यसले लाइप्जिकलाई पनि दबाव रहेको देखाउँछ।

गएराति नै सम्पन्न अन्य खेलमा फोर्टुना डुसेलडोर्फले होफिनहमसँग २–२ गोलको बराबरी खेलेको छ। त्यस्तै अर्को खेलमा माइन्जले आइनट्राख्ट फ्रान्कफ्रुटलाई २–० गोल अन्तरले हराएको छ।

प्रकाशित: Jun 07, 2020| 08:52 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।