मंगलबार, असार ३०, २०८३

बुन्डेसलिगा : उपाधिका लागि बायर्नलाई दुई जित आवश्यक

एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत शनिवार राति भएको खेलमा जित निकालेसँगै लिग विजेता बन्न बायर्नलाई २ जित आवश्यक रहेको छ। उसले गएरातिको खेलमा लेवरकुसनलाई ४–२ को गोलअन्तरले हराएसँगै २ जित आवश्यक देखिएको हो।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

एजेन्सी– जर्मन बुन्डेसलिगा अन्तर्गत शनिवार राति भएको खेलमा जित निकालेसँगै लिग विजेता बन्न बायर्नलाई २ जित आवश्यक रहेको छ। उसले गएरातिको खेलमा लेवरकुसनलाई ४–२ को गोलअन्तरले हराएसँगै २ जित आवश्यक देखिएको हो।

लेवरकुसनको घरेलु मैदान बायएरियानामा सम्पन्न खेलको ९ मिनेटमै पाहुना टोली एक गोलले पछि परेको थियो। घरेलु टिमका लागि लुकास अलारियोले सुरुवाति गोल गरेका थिए।

बायर्नका किंग्सले कोमनले २७ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यस्तै लियोन जोरेट्जाले ४२ औं मिनेटमा गरेको गोलका कारण पाहुना टोलीले अग्रता बनायो।

पहिलो हाफको इन्ज्युरी समयमा सर्ज ग्यनब्रीले गरेको गोलसँगै बायर्नले २ गोलको अग्रता बनाएको थियो। यो सँगै पहिलो हाफको नजिता ३–१ थियो।

६६ औं मिनेटमा रोवर्टो लेवान्डोस्कीले टिमका लागि अन्तिम गोल गरेर बयर्नको खातामा ४ गोल पुर्याएका थिए भने लेवरकुसनका फ्लोरियन वित्र्जले एक गोल फर्काए।

जितसँगै बार्यनको खातामा ७० अंक छ। उसले २२ जित र ४ बराबरीसँगै ७० अंक बनाएको हो। त्यस्तै लेवरकुसन ५६ अंकका साथ पाचौं स्थानमा छ।

अब बुन्डेसलिगामा ४ चरणका खेल मात्र बाँँकी छन्। सो चार खेल सबैमा जित निकोलेमा दोस्रो स्थानको डर्टमुन्डको ७५ अंक(६३ र १२) हुनेछ। तर बायर्नको ७० अंक छ। उसले २ खेलमा मात्र जित निकाल्न सके उसको अंक ७६ हुनेछ। र, बायर्न बुन्डेलिगाको विजेता घोषित हुने छ।

प्रकाशित: Jun 07, 2020| 08:27 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।