अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनले जातीय समानाताको लडाइँमा सय मिलियन डलर सहयोग गर्ने बताएका छन्।
अमेरिकी राष्ट्रिय बास्केटबल संघ (एनबीए)का खेलाडीले एक वक्तव्यमा उनको जोर्डन ब्रान्डले आगामी १० वर्षमा सो रकम सहयोग गर्ने बनाएका हुन्।
उनले दिएको रकम केही यस्ता संस्थालाई प्रदान गरिनेछ, जसले जातीय असमानताविरुद्ध लड्नेछ।
गत मे २५ मा अमेरिकामा प्रहरीले एक अश्वेत नागरिकको ज्यान लिएपछि विश्वभरी नै जातीय हिंसाविरुद्ध आन्दोलन सुरु भएका छन्। जर्ज फ्लोयड नामक अश्वेत व्यक्तिलाई अमेरिकाकै श्वेत जातिका प्रहरीले गर्धनमा थिचेर हत्या गरेका थिए।
“हामी माइकल जोर्डन र जोर्डन ब्रान्ड, संयुक्त वक्तव्य जारी गरेर आगामी १० वर्षमा सय मिलियन डलर सहयोगको घोषणा गर्छौं। दिगो प्रभावका लागि हामीले समुदाय, सरकार र नागरिक लिडरको मोर्चामा साथ दिनुपर्छ,” जोर्डन ब्रान्डका अध्यक्ष क्रेग विलियम्सनले भने।
उनले काला जातिको उत्थानको लागि अझै धेरै काम गनुपर्ने र यो दायित्वमा साथ दिने पनि बताएका छन्।
एजेन्सी