मंगलबार, असार ३०, २०८३

एन्फा अध्यक्ष शेर्पामाथि कारबाही माग राखी राखेपमा ज्ञापन

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पामाथि कारबाही माग गर्दै चार जिल्ला फुटबल संघका अध्यक्षले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिनालाई ज्ञापनपत्र बुझाएका छन्।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पामाथि कारबाही माग गर्दै चार जिल्ला फुटबल संघका अध्यक्षले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिनालाई ज्ञापनपत्र बुझाएका छन्।

काठमाडौं, भक्तपुर, ललितपुर र धादिङका जिल्ला संघका अध्यक्षले शेर्पामाथि कारबाहीको माग गरेका हुन्।

काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापा, भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजखु र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दीपक खतिवडाले पत्र बुझाइका हुन्।

पत्र हस्तान्तरणका बेला भुक्तपुरका अध्यक्ष सुजखु भने उपस्थित थिएनन् ।

त्रिपुरेश्वरको राखेपस्थित आफ्नै कार्यकक्षमा पत्र बुझ्दै उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने बताउँदै एकीकृत ढंगले एन्फा चलोस् भन्ने आफूले चाहेको धारणा व्यक्त गरे।

चार जिल्लाका अध्यक्षले केही दिनअघि यही बेहोराको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पनि बुझाएका थिए। एक अनलाइन सञ्चारमाध्यममा विवादित अभिव्यक्ति दिएपछि एन्फा अध्यक्ष शेर्पा विवादमा तानिएका छन्।

प्रकाशित: Jun 05, 2020| 20:55 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।