मंगलबार, असार ३०, २०८३

खेलेर भन्दा इन्स्टाग्राम पोस्टबाट धेरै कमाउँछन् रोनाल्डो

पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट फुटबल खेलेर भन्दा इन्स्टाग्रामबाट १४ मिलियन पाउन्ड धेरै कमाइ गरेका छन्।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

एजेन्सी- पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डोले युभेन्टसबाट फुटबल खेलेर भन्दा इन्स्टाग्रामबाट १४ मिलियन पाउन्ड धेरै कमाइ गरेका छन्। उनी इन्स्टाग्रामबाट सर्वाधिक कमाइ गर्ने व्यक्तिसमेत हुन्।

उनले एक वर्षमा इन्स्टाग्राममा स्पोन्सर पोस्टबाट ४१.७ मिलियन पाउन्ड कमाइ गरेका छन्। युभेन्टसमा उनको वार्षिक तलब २७.३ मिलियन पाउन्ड रहेको छ। तर अहिले कोरोना भाइरसको महामारीका कारण उनको वार्षिक तलबको एक तिहाइ काटिएको छ।

३५ वर्षीय रोनाल्डोको इन्स्टाग्राममा २२ करोड फलोअर्स छन्। उनले इन्स्टाग्रामको एक पोस्टबाट औसत ९ लाख ७१ हजार पाउण्ड कमाउँछन्। पाँच पटकका बेलोन डोर विजेता रोनाल्डोले सन् २०१९ भन्दा ३.५ मिलियन कमाइ धेरै गरेका हुन्।

उनले केही वर्षदेखि सामाजिक सञ्जालमा नाइक, इएमइस ट्रेनिङ डिभाइस सिक्सप्याड को विज्ञापन गर्ने गर्दै आएका छन्।

त्यस्तै इन्स्टाग्रामबाट दोस्रो धेरै कमाई गर्ने खेलाडी लियोनेल मेस्सी छन्। उनले यो वर्ष २५.२ मिलियन पाउन्ड आर्जन गरेका छन्। उनले प्रतिपोस्ट ६ लाख ३१ हजार कमाई गर्ने गरेका छन्।

उनले एडिडास र ग्लोब ट्रोटिइङ लाइफस्टाइलको विज्ञापन गर्ने गरेका छन्।

प्रकाशित: Jun 05, 2020| 18:18 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।