मंगलबार, असार ३०, २०८३

आफ्नै समर्थकले गरे खेलाडीमाथि आक्रमण

पोर्चुगगिज क्लब बेनिफिकाका खेलाडीलाई क्लबकै समर्थले आक्रमण गर्दा दुई खेलाडी घाइते भएका छन्।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

एजेन्सी- पोर्चुगगिज क्लब बेनिफिकाका खेलाडीलाई क्लबकै समर्थले आक्रमण गर्दा दुई खेलाडी घाइते भएका छन्।

बिहीबार राति सम्पन्न खेलमा उसले टोन्डेलासँग बराबरी खेलेपछि समथर्कले खेलाडीमाथि नै आक्रमण गरेका हुन्।

आक्रमणमा जर्मन मिडफिल्डर जुलियन वेगल र सर्वियन फरवार्ड अन्ड्रिजा जोकोभिक घाइते भए।

खेल बन्द रंगशालामा भएको थियो। तर क्लबले खेल जितेर दोस्रो स्थानको पोर्टोलाई हराउने आशाका साथ क्लबका समर्थक र्‍याली निकाल्न भेला भएका थिए।

तर क्लबले टोन्डेलासँग गोरहित बराबरी खेल्दै पोर्टोसँग अंक बराबरी गरेको छ। खेलाडीले क्लबलाई नजिताएको भन्दै आक्रोशित समर्थकले गरेको युरोपेली सञ्चारमाध्यमले लेखेका छन्।

समान २५ खेल खेलेका बेनिफिका र पोर्टोले समान १९ जित, ३ बराबरी र ३ हारका साथ ६० अंक बनाएका छन्। गोल अन्तरका आधारमा बेनिफिका अगाडि छ।

घटनापछि बेनिफकाले लेखेको छ, ‘खेलाडीमाथिको अपराधिक घटनाप्रति निन्दा गर्दछौँ।’

लिगमा अब ९ चरणका खेल बाँकी रहेका छन्।

प्रकाशित: Jun 05, 2020| 17:20 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।