मंगलबार, असार ३०, २०८३

अमेरिकामा बास्केटबललाई मैदान फर्काउने तयारी

अमेरिकाको राष्ट्रिय बास्केटबल संघ (एनबीए)ले बास्केटबललाई मैदान फर्काउने तयारी गरेको छ। उसले ‘रिटर्न टु प्ले’ नामक अभियानबाट हिजो (बिहीवार) खेल सञ्चालन गर्नेबारे योजना स्वीकृत गरेको हो।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

अमेरिकाको राष्ट्रिय बास्केटबल संघ (एनबीए)ले बास्केटबललाई मैदान फर्काउने तयारी गरेको छ। उसले ‘रिटर्न टु प्ले’ नामक अभियानबाट हिजो (बिहीवार) खेल सञ्चालन गर्नेबारे योजना स्वीकृत गरेको हो।

एनबीएले लिगको बोर्डलाई खेल सञ्चालनबारे प्रस्ताव पठाएको छ। “हामीले लामो छलफल गरेर यो निष्कर्षमा पुगेका हौं। हामीले पहिलो पारीको निर्णय गरिसकेका छौं,” एनबीएका कमिसनर एडम सिल्वाले सीएनएनलाई भने, “कोरोना संक्रमणको जोखिम लामो रहने भएकाले गर्दा, हामीले खेल सुरु गर्ने सुरक्षित उपाय हेरिरहेका थियौं। र, आफ्नो तर्फबाट निर्णय गरेर लिगलाई बाँकी निर्णय गर्ने जिम्मा दिएका छौं।”

हिजोको छफलमा कुल ३० सहभागीमध्ये २९ जनाले खेल सुरु गनुैपर्नेमा भोट गरेका थिए भने एक जनाले त्यसको विरुद्धमा भोट गरेका थिए।
एनबीएको प्रस्तावमा खेल जुलाई ३१ बाट सुरु गर्ने भनिएको छ। “तर, बाँकी रहेको सिजन सुरु गर्न बोर्डको निर्णय अनिवार्य हुन्छ,” सिल्वरले भने।

‘युएस ओपन टेनिस हुनेमा शंका’

स्पेनका अन्तर्राष्ट्रिय टेनिस खेलाडी राफेल नाडालले अमेरिकामा हुने तय भएको युएस ओपन टेनिस हुने÷नहुनेमा शंका व्यक्त गरेका छन्। उनले एपीसँग एक भिडियो कन्फरेन्समा बोल्दै उनले युएस ओपनबारे शंका व्यक्त गरेका हुन्।

“युएस ओपन हुन्छ कि हुँदैन?” भन्ने प्रश्नमा उनले भने, “हुँदैन होला।”

उनले भने, “मलाई थाहा छैन। तर, यो पछिल्लो महिनामा आशावादी भएर भन्नुपर्दा हुन्छ नै भन्नुपर्छ। तर, हामीले अमेरिकाको अहिलेको अवस्था देखेका छौं। र, न्युयोर्कमा पछिको अवस्था कस्तो होला भन्ने केही ग्यारेन्टी नभएका कारण यसै भन्न सकिन्न।”

अमेरिकाको न्युयोर्क कोरोनाको महामारीमा फसेको प्रमुख सहरसमेत हो।

अब अमेरिकामा टेनिस प्रतियोगिता हुनका लागि उनी दुइटा कुरा बाँकी रहेको देख्छन्। एक– प्रतियोगिता सुरक्षित रुपले हुनु पर्यो। र, अर्को– अन्तर्राष्ट्रिय उडानको सहज व्यवस्था हुनु पर्यो।

एजेन्सी

प्रकाशित: Jun 05, 2020| 16:14 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।