आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • लकडाउनले नरोकेको तेक्वान्दो : भर्चुअल प्रतिस्पर्धामा लक्ष्मणलाई स्वर्ण

लकडाउनले नरोकेको तेक्वान्दो : भर्चुअल प्रतिस्पर्धामा लक्ष्मणलाई स्वर्ण

काठमाडौं– कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि विश्वभरी खेलकुद प्रतिबन्धजस्तै बनेको समयमा पनि तेक्वान्दोको पुम्से विधाका खेलाडीले खालिहात बस्नुपरेको छैन। पुम्सेको विश्वस्तरीय र युरोपियन प्रतिस्पर्धा भइरहेका छन्। सबै प्रतियोगिता अनलाइनमार्फत् सञ्चालन भइरहेका हुन्।
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

काठमाडौं– कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्नका लागि विश्वभरी खेलकुद प्रतिबन्धजस्तै बनेको समयमा पनि तेक्वान्दोको पुम्से विधाका खेलाडीले खालिहात बस्नुपरेको छैन। पुम्सेको विश्वस्तरीय र युरोपियन प्रतिस्पर्धा भइरहेका छन्। सबै प्रतियोगिता अनलाइनमार्फत् सञ्चालन भइरहेका हुन्।

National life

यस्तैमा अहिले अमेरिकाको पोर्टल्यान्डमा ४ जुनबाट पुम्सेको भर्चुअल प्रतिस्पर्धा भइरहेको छ। जसअन्तर्गत नेपालबाट सहभागी बनेका नेपाल प्रहरीका तेक्वान्दो प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय खेलाडी लक्ष्मणबहादुर ऐरले स्वर्ण पदक जितेका छन्।

२० भन्दा धेरै देशका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा ५० वर्षमुनीको विधामा प्रतिस्पर्धा गरेका ऐरले स्वर्ण पदक जितेका हुन्। उनले बिहीवार राति ११ बजे भएको लाइभ प्रतिस्पर्धामा ६.७३ अंकसहित स्वर्ण पदक प्राप्त गरे।

पहिलोपटक युरोपमा भएको प्रतिस्पर्धा युरोपियन पुम्से र विश्व पुम्से च्याम्पियनसिप पनि ऐरले सहभागीता जनाएका थिए। उनले त्यसअघि लामो समयसम्म प्रशिक्षण बिहिन भएकाले खेलमा असर परिरहेको बताएका थिए।

तर पछिल्लो समयमा सहभागी बनेका तेस्रो प्रतियोगितामा भने उनी स्वर्ण पदक प्राप्त गर्न सफल भएका हुन्। त्यसले पनि उनी अहिले नियमित प्रशिक्षणमा व्यस्त छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै महिलातर्फ ४० वर्ष मुनिको विधामा रेखमाया गुरुङले काश्य पदक प्राप्त गरेकी छिन्। नेपालबाट ६ खेलाडी सहभागी बनेकोमा भने सुस्मिता केसी र दावा शेर्पाको खेल हुन बाँकी छ। त्यस्तै अन्य खेलाडी विवेक राई र आशिष चन्द बाहिरिएका छन्।

यसअघि फ्रान्समा सम्पन्न विश्व पुम्से च्यम्पियनसिपमा ३० वर्षमुनी पुरुषतर्फ नेपालबाट सहभागी बनेका तीन खेलाडीले स्वर्ण, रजत र काश्य पदक जितेका थिए। महिलातर्फ पनि पार्वती गुरुङले नेपालले पदक प्राप्त गरेकी थिइन्।

अमेरिकामा सञ्चालन भइरहेको प्रतियोगिता भोली(जुन ७)सम्म चल्ने छ।

प्रकाशित: Jun 05, 2020| 11:58 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।