काठमाडौं- लोकसेवा आयोगले व्यावस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) वा सो सरह पदको योग्यताक्रम तर्फको नतिजा प्रकाशन तथा सिफारिश स्थगित भएको जनाएको छ। आयोगले सुचना जारी गर्दै सर्वोच्च अदालतको आदेशपछि आर्थिक वर्ष २०७६/०७७ मा प्रकाशित विज्ञापन नम्बर १६६९४ देखि १६७०० सम्मको खुला तथा समावेशीतर्फको अन्तर्वार्ताको नतिजा स्थगित गरेको जनाएको हो।
आयोगले निवेदक शिवहरि दाहाल समेत विपक्षी रहेर लोक सेवा आयोग केन्द्रीय कार्यालय समेत भएको रिट नं. ०७८-धय-०२४१ उत्प्रेषणको रिट निवेदन उपर सम्मानित सर्वोच्च अदालतबाट मिति २०७८/०५/२५ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७८/०४/२९ र मिति २०७८/०५/०३ को
टिप्पणी आदेश तथा निर्णय र सो बमोजिम उक्त मन्त्रालयबाट लोक सेवा आयोग, केन्द्रीय कार्यालयको नाममा मिति २०७८/०५/०८ मा गरिएको पत्राचार जुन अवस्थामा पुगेको छ सोही अवस्थामा यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेश जारी गरी गरेसंगै स्थगित गर्नुपरेको जनाएको छ।