मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सरस्वती बाहिरिएसँगै सकियो नेपाली खेलाडीको टोक्यो ओलम्पिक यात्रा

सरस्वती बाहिरिएसँगै सकियो नेपाली खेलाडीको टोक्यो ओलम्पिक यात्रा

नेपाली स्प्रिन्ट धावन सरस्वती चौधरी टोक्यो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन्।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

काठमाडौं- नेपाली स्प्रिन्ट धावन सरस्वती चौधरी टोक्यो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएकी छन्। महिला सय मिटर दौडमा सहभागी बनेकी नेपाली खेलाडी चौधरी आफ्नो हिटको आठौं स्थानमा रहँदै बाहिरिएकी हुन्।

सय मिटर दौडको दोस्रो हिटमा नौ खेलाडी समावेश भएका थिए। तीन हिटबाट समान ३–३ खेलाडी र बेस्ट रनर एक जना अर्को चरणका लागि छनोट भएका छन्।

नेपाली धावन शीर्ष तीनमा पर्न नसकेपछि उनी आउट भएकी हुन्। अब नेपाली एथलेटिक्स टिमले ४८ घण्टा भित्रमा जापान छोड्नेछन्।

सरस्वतीले निर्धारित दूरी १२.५५ सकेन्डमा पुरा गरेकी हुन। उनले आफ्नो पुरानाने समयलाई पनि सुधार गर्न सकिनन्।

यता नेपाली एथलेटिक्स धावक गोपीचन्द्र पार्कीले ओलम्पिकमा सहभागीता जनाउन नपाएपछि नेपालको तर्फबाट सरस्वतीले ओलम्पिकमा प्रतिस्पर्धा गरेकी थिइन्।

टोक्यो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी सहभागी थिए। सबै खेलाडीले पहिलो चरण पार गर्न सकेनन्। त्यस्तै, तीन खेलाडीले भने राष्ट्रिय कीर्तिमान बनाएका छन्।

प्रकाशित: Jul 30, 2021| 09:55 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।